Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

बिष्णु पौडेलले गरे सरकारको चर्को आलोचना

बिष्णु पौडेलले गरे सरकारको चर्को आलोचना

सतीश चापागाईं

२१, आश्विन २०७५
images
  सत्तारुढ दलकै सांसदहरूले स्रोत सुनिश्चित गरिएका आयोजनाको बजेट कटौती गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।   सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाका सांसद एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले स्रोत सुनिश्चित गरिएको आयोजनाको बजेट कटौती गरेको भन्दै अर्थ मन्त्रालयको चर्को आलोचना गरेका हुन्। संघीय संसद अन्तरगतको अर्थ समितिको आइतबारको बैठकमा बोल्दै सांसद पौडेलले निर्माणाधीन आयोजनाको कामलाई अलपत्र पार्ने काम नगर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराए।   सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का सांसद एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले साना आयोजनाको जिम्मा किन स्थानीय तहलाई नदिएको भन्दै सरकारको आलोचना गरे।   उनले साना आयोजना स्थानीय तहलाई दिने प्रतिवद्धताबाट सरकार किन हटेको भन्दै अर्थमन्त्री युवराज खतिवडालाई प्रश्न पनि गरे।   बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै राजस्व सचिव शिशिरकुमार ढुंगानाले खर्चको प्रभावकारिता हेरेर मन्त्रालयले आयोजनाका लागि आवश्यक बजेटको व्यवस्था गर्ने गरेको बताए। उनले सरकारले साना, ठूला सबै आयोजनाको निर्माण कार्यलाई उत्तिकै प्राथमिकता दिएको पनि स्पष्ट पारे।   राजस्व सचिव ढुंगानाले राजस्व संकलनको कामलाई प्रभावकारी बनाउन सरकारले विद्युतीय प्रणालीको विकासमा जोड दिएको पनि स्मरण गराए। सेतो पाटीमा खबर छ ।    

images
प्रकाशित मिति :आश्विन २१, २०७५ आइतवार - २२:१६:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend