Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

गुर्जा हिमालको आधार शिविरबाट पर्यटकहरुको शव उद्धार

गुर्जा हिमालको आधार शिविरबाट पर्यटकहरुको शव उद्धार

सतीश चापागाईं

२८, आश्विन २०७५
images
तस्बिर: नयाँ पत्रिकाबाट म्याग्दी । धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित गुर्जा हिमाल आरोहणको लागि गएका नौ जना पर्यटकको शव उद्धार गरिएको छ ।   आइतबार सिम्रीक एयरको हेलिकप्टर मार्फत गुर्जा हिमालको आधार शिविरबाट मृतकहरुको शवलाई पोखरा लागिएको हो । आधार शिविरमा छरिएर रहेको अवस्थाबाट शव संकलन गरि आठ ओटाको शव पोखरा ल्याइएको हो । आँधीहुरीमा परेर ज्यान गुमाएका गुर्जाका नेत्रबहादुर छन्त्यालको शव भने बेनी अस्पतालमा पोष्मार्टम गरि पुन गुर्जा पठाइएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।   सात हजार एक सय ९३ मिटर उचाईमा रहेको गुर्जा हिमाल आरोहणको लागि चार जना दक्षिण कोरियाली र तीन जना नेपाली तथा पदयात्राको लागि १ नेपाली र १ कोरियाली आधार शिविर पुगेका थिए ।   म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका ९ जना मध्ये ८ जनाको शव भेटिएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका ५ जना कोरियन र ४ जना नेपाली टोलीमध्ये ८ जनाको शव भेटिएको हो ।   हिमालको आधार शिविरमा पुगेर बास बसेका आरोही टोली आँधी हुरीका कारण दुर्घटनामा परेको थियो ।   आधार शिविरमा उनीहरुको शव अप्ठ्यारो ठाउँमा रहेकाले निकाल्न धेर समय लागेको थियो । उद्धारको लागि पुगेको हेलिकप्टर समेत फर्किएको थियो । असोज २१ गते सात हजार १९३ मिटर उचाइँको गुर्जा हिमाल आरोहणको लागि दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा ४ कोरियन र ३ जना नेपाली टोली आधार शिविरमा पुगेका थिए ।   सो टोलीलाई भेट्न २४ गते एक नेपाली र एक कोरियन नागरिक आधार शिविरमा पुगेका थिए । आरोही टोलीलाई भेट्न गएको टोली निर्धारित समयमा नफर्किएको र सञ्चार सम्पर्क समेत विच्छेद भएपछि गुर्जाबाट खोजीको लागी गएका स्थानीयको टोलीले उनीहरु मृत अवस्थामा भेटीएको पुष्टी गरेको वडा अध्यक्ष छन्त्यालले जानकारी दिए ।   ‘पछिल्लो टोली एक दिनमात्रै बसेर फर्कने तालिका थियो, तर उनीहरु नै दुर्घटनामा पर्नुले असोज २४ गते नै घटना घटेको देखिन्छ, जब त्यो टोली फर्कन ढिला गरेपछि आंशका बढ्यो, किन ढिलाई भयो भनेर खोजी गर्दा शवहरु भेटिए’ वडा अध्यक्ष छन्त्यालले भने ।   यता जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपररीक्षक वीरबहादुर बुढामगरले आधार शिविरमा पर्यटकहरुको शव भेटिएको गुर्जाका स्थानीयबाट खबर आएपछि उद्धारको लागि पुगेको हेलिकप्टर आधार शिविरमा बस्न नसकेर फर्किएको बताए ।   पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमती पाएको टोलीले गुर्जा हिमालको दक्षिणी मोहोडाबाट हिमाल आरोहण गर्ने गरि आधार शिविरतर्फ लागेको थियो ।

images
प्रकाशित मिति :आश्विन २८, २०७५ आइतवार - १२:२७:४३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend