Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

कतारसँग सुरक्षा सम्झौता हुँदै

कतारसँग सुरक्षा सम्झौता हुँदै

सतीश चापागाईं

१२, कार्तिक २०७५
images
  नेपाल प्रहरीले कतार प्रहरीसँग सुरक्षामा समन्वय गर्ने भएको छ । त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सोमबार कतार प्रस्थान गरेका छन् । नेपाल प्रहरी र ‘जनरल डाइरेक्टोरेट अफ पुलिस सेक्युरिटी अफ दी कतार’बीच दोहामा सुरक्षा समन्वयसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुरक्षासम्बन्धी तालिममा दुई देशले सहकार्य गर्न लागेका हुन्  भनेर नयाँ पत्रिकाले लेखेको छ । आतंकवाद र आतंककारी क्रियाकलापमा वित्तीय लगानी, अन्तरदेशीय अपराध, लागुऔषधको अवैध कारोबार, अवैध हातहतियार तथा विस्फोटक पदार्थको ओसारपसार, विद्युतीय अपराध, मानव बेचबिखन, वित्तीय अपराध नियन्त्रणमा समन्वय गर्न दुई पक्षबीच सम्झौता हुने कार्यक्रम रहेको प्रहरीको बुलेटिनमा उल्लेख छ ।   सम्झौताअन्तर्गत अपराध नियन्त्रण गर्ने प्रविधि तथा अपराध अनुसन्धानका प्रक्रिया र अनुभव आदानप्रदान पनि छ । प्रहरीविज्ञ तथा विशेषज्ञ सुरक्षा र प्रशिक्षण कार्यमा विज्ञहरूको आदानप्रदान गर्ने एवं उपलब्ध स्रोतसाधनलाई अपराध अनुसन्धानमा प्राविधिक तथा वैज्ञानिक ढंगबाट विकास गरी तालिम प्रदान गर्न समन्वय गर्नेलगायतका विषय रहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमेत कतार भ्रमणमै रहेका वेला यससम्बन्धी सम्झौता हुन लागेको हो ।   इन्टरपोलको तालिम सुरु अन्तर्राष्ट्रिय तालिमका लागि प्रहरी अधिकारीहरू यसअघि विभिन्न देश जाने गरेका थिए । तर, यसपटक भने नेपालमा तालिम लिन विभिन्न १४ देशका प्रहरी अधिकारीहरू नेपाल आएका छन् । पोस्ट ब्लास्ट ट्रेनिङ सिनारियो’मा सोमबारदेखि काठमाडौंमा सुरु भएको हो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले तालिमको उद्घाटन गरेका हुन् ।

images
प्रकाशित मिति :कार्तिक १२, २०७५ सोमवार - १९:५७:५८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend