Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

अब दलाललाई लाखौं बुझाएर गैरकानुनी रुपमा अमेरिका छिर्ने नेपालीले एसाइलम गर्न नपाउने

अब दलाललाई लाखौं बुझाएर गैरकानुनी रुपमा अमेरिका छिर्ने नेपालीले एसाइलम गर्न नपाउने

सतीश चापागाईं

१, मंसिर २०७५
images
  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको नयाँ कार्यकारी आदेशसँगै अब दलाललाई लाखौं बुझाएर गैरकानुनी रुपमा अमेरिका छिर्ने नेपालीले एसाइलम गर्न नपाउने भएका छन् । पछिल्लो बर्षमा दलाललाई ५० लाख सम्म बुझाएर गैरकानुनी रुपमा अमेरिका छिरेर एसाइलम गर्ने नेपालीहरुको संख्या सयौं रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमाक्षेत्रबाट गैरकानुनीरुपमा अमेरिका छिर्ने आप्रवासीहरुलाई एसाइलम गर्ने अधिकारबाट वञ्चित गर्ने घोषणापत्रमा हस्ताक्षर गरेपछि त्यसको प्रभाव नेपालीहरुमा पनि पर्ने भएको हो । गैरकानुनी रुपमा सिमाक्षेत्रबाट प्रवेश गरेर अमेरिकामा एसाइलम पाउने नेपालीहरु विश्वमै सातौं नम्बरमा रहेका छन् । ट्रम्पले नयाँ घोषणापत्रमा हस्ताक्षर गरेपछि अब अमेरिकाको पोर्ट अफ इन्ट्रीबाहेक अरु क्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिर्नेले एसाइलमका लागि आवेदन दिन पाउनेछैनन् । तर पोर्ट अफ इन्ट्रीमा आत्मसमर्पण गर्न जाँदा ठाउँ खाली नरहेको भन्दै फर्काइदिने भएकाले पोर्ट अफ इन्ट्रीमा आत्मसमर्पण गरेर क्रेडिबल फियर अन्तरवार्ता उत्तिर्ण गर्नेहरुको संख्या निकै कम छ । ट्रम्पको घोषणा शनिबार विहानदेखि लागु भएको छ । नयाँ घोषणासँगै अमेरिकी सिमाक्षेत्रबाट कम्तीमा अबको ९० दिनभित्र गैरकानुनी रुपमा प्रवेश गर्नेहरु एसाइलमका लागि आवेदन दिन योग्य हुनेछैनन् । तर यो नियम पोर्ट अफ इन्ट्रीमा आएर आफूलाई स्वदेश फर्कन खतरा रहेको तथ्य पेश गर्नेहरुका हकमा भने लागु हुनेछैन । खसोखास डटकमले यो समाचार लेखेको छ ।

images
प्रकाशित मिति :मंसिर १, २०७५ शनिवार - २१:५१:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend