Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गृहमन्त्रीकै अगाडि पूर्व लडाकूले विष खाए

गृहमन्त्रीकै अगाडि पूर्व लडाकूले विष खाए

सतीश चापागाईं

५, मंसिर २०७५
images
फाइल फाेटाे काठमाडौं – तत्कालीन माओवादीका एकजना पूर्व लडाकूले गृहमन्त्री रामबहादुर थापाकै अगाडि किटाणु मार्ने औषधि सेवन गर्नुभएको छ । गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न गृहमन्त्रालय पुगेका पूर्व लडाकू दुर्गाप्रसाद भट्टराईले आफूहरुमाथि अन्याय भएको भन्दै किटाणु मार्ने औषधि खाएको प्रहरीले जनाएको छ । उहाँलाई अहिले वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ । उहाँको अवस्था सामान्य भए पनि किटाणुमार्ने औषधि खाएकाले स्वास्थ्य कस्तो हुन्छ भन्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ । अहिले उहाँलाई थप उपचारका लागि नेपाल प्रहरी अस्पताल पानीपोखरी लैजाने तयारी भइरहेको छ भनेर उज्यालोले लेखेको छ ।

images
प्रकाशित मिति :मंसिर ५, २०७५ बुधवार - १८:४९:११ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend