Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नौ महिनामा ६४ देश घुमे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले

नौ महिनामा ६४ देश घुमे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले

सतीश चापागाईं

८, मंसिर २०७५
images
  काठमाडौं – खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आठ महिनामा ६४ दिन विदेशमा घुमेको रहस्य बाहिरिएको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीले सिंहदरबारमा कार्यसम्पादनबारे मन्त्रीहरूको सातो लिइएका बेला परराष्ट्रमन्त्री ज्ञवाली भने जापानमा घुमफिर गर्दै थिए । ज्ञवालीले पाँच दिन जापानमा घुमेका छन् । ज्ञवाली प्रधानमन्त्री ओलीका सबैभन्दा निकटका मन्त्री मानिन्छन् । परराष्ट्रमन्त्री ज्ञवाली शुक्रबार काठमाडौं आइपुगेका छन् । उनी सम्भवतः चाँडै अर्को देश जानेछन् । किनकि उनी प्रायः घुमेको घुम्यै गर्छन् । मन्त्रालय सम्हालेको ८ महिनामा ६४ दिन विदेशमै बिताइसकेका छन् । मन्त्री ज्ञवालीको जापान भ्रमण १३औं हो । मन्त्रीका अगाडि कर्मचारीले मक्ख हुने गरी कुरा राख्ने चलन नौलो होइन । त्यसमै अल्मलिनु अनौठो हो । परराष्ट्रमन्त्री ज्ञवालीको आठ महिना अवधिमा दुई महिना विदेश र प्लेनमा रहेको मन्त्रालयकै कर्मचारीहरू बताउँछन् । दुई महिना चार दिन विदेशमा रहे पनि नगई नहुने भन्ने जस्तो भ्रमण खासै छैन । परराष्ट्रमन्त्री विदेश जानुका निश्चित उद्देश्य हुनुपर्छ । तर अहिले भइरहेको भ्रमणबाट त्यस्तो केही देखिएको छैन । चैत २ मा परराष्ट्रमन्त्री भएपछि उनले विदेश यात्रा अजरबैजानबाट थालेका हुन् । उनी असंलग्न राष्ट्रहरूको संगठन (नाम)को मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन अजरबैजान पुगे । त्यसलगत्तै उनी प्रधानमन्त्रीको भारत भ्रमणमा सहभागी हुन उतैबाट दिल्ली आए । दिल्लीबाट फर्केलगत्तै उनी प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भन्दै बेइजिङ हान्निए । चीनपछि ज्ञवाली अल्पविकसित र भूपरिवेष्ठित मुलुकको थिंक ट्यांक सम्मेलनमा सहभागी हुन मंगोलिया गए । त्यहाँबाट फर्केको एक साता नहुँदै उनी प्रधानमन्त्रीसँग चीन भ्रमणमा निस्किए । बिम्स्टेक तयारीलाई बेवास्ता गर्दै ९ दिनका लागि युरोप (पोर्चुगल, लग्जेम्बर्ग र बेल्जियम) गए । बिम्स्टेक सम्मेलन सकेको केही समयमा उनी पुनः युरोप गए । पहिला गएको स्थानमा पुनः दोर्होयाएरसमेत पुगे । भियना र बेल्जियमबाट फर्केलगत्तै उनी प्रधानमन्त्रीसँग १३ दिन अमेरिकामा रहे । राष्ट्रपति विद्यादेवी भण्डारीसँग कतार गए । ज्ञवाली मन्त्री बनेपछि परराष्ट्र कर्मचारीको विदेश भ्रमण पनि बढेको छ । लामो राजनीतिक अनुभव भएका ज्ञवालीको भ्रमण मोह देखेर अन्य समकक्षी नै आश्चर्यमा छन् । चाडपर्व परेको महिना र मोदीको नेपाल भ्रमण भएको मे महिनाबाहेक सबै महिना विदेशमा छन् । मिडिया डबली डटकमबाट

images
प्रकाशित मिति :मंसिर ८, २०७५ शनिवार - १९:१४:५२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend