Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

एनआरएन अध्यक्ष भवन भट्टका पिताको जापानमा निधन

एनआरएन अध्यक्ष भवन भट्टका पिताको जापानमा निधन

सतीश चापागाईं

९, मंसिर २०७५
images
विश्वबन्धु भण्डारी जापान एनआरएन अध्यक्ष भवन भट्टलाई पितृशोक परेको छ । अध्यक्ष भट्टका बुबा यदुप्रसाद भट्टको जापानस्थित जापान रेडक्रस मेडिकल सेन्टरमा उपचारको क्रममा आज दिउँसो निधन भएको हो । सुगर रोगका बिरामी भट्टलाई केही समयदेखि फोक्सोमा समस्या आएपछि जपानको रेडक्रस मेडिकल सेन्टरमा राखिएको थियो । स्वर्गीय भट्ट २०३९ सालमा वाणिज्य सहायक मन्त्री भएका थिए । गोरखा जिल्ला भीमसेन गाउँपालिका ओख्लेमा जन्मिएका भट्टले जिल्लाको शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गर्नुका साथै सामाजिक कार्यमा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए । स्वर्गीय भट्टका तीन छोरा, तीन छोरी र श्रीमती छन् । स्वर्गीय भट्टको शवलाई नेपाल ल्याउने तयारी भइरहेको भाई भवप्रसाद भट्टले जानकारी दिनुभयो । नेप्लिज डायस्पोरा परिवार स्वर्गीय भट्टको आत्माको चिरशान्तीको कामना गर्दै अध्यक्ष भवन भट्ट र उहाँको परिवारमा हार्दिक समबेदना ब्यक्त गर्दछ ।  

images
प्रकाशित मिति :मंसिर ९, २०७५ आइतवार - १०:४१:५७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend