Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

निश्चित धर्मको नाममा होली वाइन पिउने कम्युनिष्टहरुले धर्मबारे पढाइरहनुपर्दैन : विश्वप्रकाश शर्मा

निश्चित धर्मको नाममा होली वाइन पिउने कम्युनिष्टहरुले धर्मबारे पढाइरहनुपर्दैन : विश्वप्रकाश शर्मा

सतीश चापागाईं

८, पौष २०७५
images
  काठमाडौं । नेपाली कांग्रेसले धर्मका बारेमा आफूहरुलाई नपढाउन कम्युनिष्ट नेताहरुलाई चेतावनी दिएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएका हुन् । “सनातन धर्म संस्कृति परम्परा विपरित गएर एउटा निश्चित धर्मको प्रचारमा सरकारका संयन्त्रको प्रयोग हुन्छ । प्रधानमन्त्री सहआयोजक जस्तो गरेर होटलमा बस्छन् । होली वाइनका नाममा मिल्ने नमिल्ने कुरा ग्रहण गर्छन्,” प्रवक्ता शर्माले भने, “उहाँहरुले नेपालको धर्म संस्कृतिका सन्दर्भमा राख्नुपर्ने गम्भीर हेक्का पनि राख्नुभएको छैन । यसमा कांग्रेसको विमति बारे दस्तावेजमै उल्लेख हुनेछ । त्यसैले धर्मको सन्दर्भमा कम्युनिष्ट पार्टीका मित्रहरु जो द्वन्द्वात्मक भौतिकवादमा हुर्कनुभएको छ । जसले धर्म अफिम हो भनेर बाल्यकाल सुरुवात गर्नुभएको छ । उहाँहरुले धर्म, कर्म र संस्कृतिका बारेमा नेपाली कांग्रेसलाई पढाइरहनु पर्दैन ।”

images
प्रकाशित मिति :पौष ८, २०७५ आइतवार - ०९:१५:२५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend