अहिले चर्चित बनेको नेपाली टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासंगका संचालक रवि लामिछानेले ईशासंग आफ्नो डिभोर्स भएको खुलासा गरेका छन् ।
आफ्नो निजी जीवनलाई लिएर बदनाम गर्ने प्रयास भएको समेत आरोप लगाएका छन् । शुक्रबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो वैवाहिक जीवनका बारेमा बताएका छन् ।
रविले आफूले २४ वर्षअघि नै ईशासँग विवाह गरेको र अहिले सम्बन्ध विच्छेद भएको बताएका छन् । उनले भनेका छन्, ‘मैले करिब २४ वर्ष अगाडि सानै उमेरमा विवाह गरेको थिएँ र हालसालै सम्बन्ध विच्छेद पनि भैसकेको छ ।’
लामिछानेले आफ्नो विदेशी मूलकी एक प्रेमिकासमेत भएको खुलासा गरेका छन् । विदेशी मूलकी प्रेमिकासँग आफ्नो एक सन्तानसमेत भएको बताउँदै रविले अहिले उनीसँग पनि छुट्टिएको जानकारी दिएका छन् ।
रविले आफू कतै नभागेको उल्लेख गर्दै हरेक मंगलबार, बिहीबार र शनिबार टेलिभिजनमार्फत आउने बताएका छन् । र भनेका छन् "म जिउदै छु ।"
उनको फेसबुक स्टाटस यस्तो छ -