Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

पोष्टरमा यस्तो देखियो शुभेच्छाको ‘रणवीर’

पोष्टरमा यस्तो देखियो शुभेच्छाको ‘रणवीर’

सतीश चापागाईं

२४, पौष २०७५
images
  काठमाडौं– ‘मिस नेपाल २०१२’मा ‘मिस इन्टरनेशनल नेपाल’ को उपाधि बिजेता शुभेच्छा खड्काको डेब्यु फिल्म ‘रणवीर’ अहिले प्रचार प्रसारमा जुटेको छ । १८ माघ प्रदर्शन मिति तय गरेको यो फिल्मले मंगलबार केही नयाँ पोष्टर सार्वजनिक गरेको छ । भिन्नभिन्न ४ प्रकारले तयार गरिएको पोष्टरमा अभिनेता सुशील सिटौला र अभिनेत्री शुभेच्छा सबैमा अटाएका छन् । केही पोष्टरमा फिल्मका अन्य कलाकार समेत देख्न सकिन्छ । फिल्मको ‘तिरिमिरी तिरिमिरी तिन तारा’ बोलको गीत अहिले चर्चामा छ । गीतमा राजनराज शिवाकोटी र अन्जु पन्तको स्वर रहेको छ भने यसमा शब्द र संगीत स्वयम् राजनले नै दिएका छन् । फिल्मका सुशील, शुभेच्छाको अलवा सुपुशा भट्टको समेत मुख्य अभिनय रहेको छ । प्रेमकथामा निर्मित फिल्ममा सुशील, सुभेच्छा र सुपुस्पासँगै प्रशान्त ताम्राकार, रवि गिरी, हरिहर शर्मा, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । कथा,पटकथा, संवाद तथा निर्देशन गोविन्दसिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायाँकन,कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

images
प्रकाशित मिति :पौष २४, २०७५ मंगलवार - ११:३८:४४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend