Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

टेक्सास लवकमा आएका गायक एवं संगीतकार बॉस्कोटाले सगरमाथा चढेको महसुस गरे

टेक्सास लवकमा आएका गायक एवं संगीतकार बॉस्कोटाले सगरमाथा चढेको महसुस गरे

सतीश चापागाईं

२७, पौष २०७५
images
  लवक, टेक्सास- अमेरिकाको विभिन्न शहरहरूमा आफ्नो प्रस्तुति दिनेक्रममा गायक एवं संगीतकार कालिप्रसाद देवकोटाले टेक्सासको लवकमा आउदा सगरमाथा चढेको महसुस गरेको वताए । यहॉका नेपालीहरूबाट आफुले प्राप्त गरेको माया र सम्मानले यसप्रकारको महसुस गरेको वताएका छन् । लवकमा रहेका नेपाली समुदायको निम्तामा जनवरी ६ तारिख आईतबारका दिन आयोजित सॉगितिक कार्यक्रममा आफ्नो प्रस्तुति दिनेक्रममा आफ्नो अनुभव उपस्थित सवैमाझ शेयर गरेका हुन् । त्यसो त यसअघि स्थानिय कलाकारहरूको प्रस्तुति मात्र देखेका यहॉका नेपालीहरूले कालिप्रसाद जस्तो राष्ट्रिय कलाकारलाई पहलो पटक भेट्न पाएकोमा हर्षित देखिए ।। कालिप्रसाद बास्कोटा जस्तो राष्ट्रीय कलाकारलाई भेट्न पाउनु समुदायकै गौरबको विषय रहेको यहॉका पुराना वासिम्दा रेशम घर्तिले वताए । त्यसैगरि पहिलोपटक राष्ट्रीय कलाकारलाई भेट्ने मौका पाएकोमा हर्षित देखिए ।” युवा व्यवसायी चन्द्र श्रेष्ठले कालिप्रसाद बाष्कोटा जस्तो राष्ट्रीय कलाकारको प्रस्तुति हेर्न पाउनु आफ्नालागी सौभाग्य भएको वताए । करिब ३ सय नेपालीहरू रहेको लवकमा राष्ट्रीय स्तरको कलाकाको प्रस्तुति हेर्न पाएकोमा धरैजना खुशी भए । नयॉबर्षको अवसरपारी यहॉस्थित नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा गायक एवं संगीतकार बास्कोटाले उपस्थित सवैलाई आफुसँगै नचाए । विशुद्ध मनोरन्जनको उद्देश्यकालागी लवकस्थित सेन्टरप्वाईन्ट ईभेन्ट सेन्टरमा वेलुकी आयोजना गरिएको उक्त मनोरन्जनात्मक कार्यक्रममा उपस्थित दर्शकहरूले भरपूर लिएको वताएका थिए । पत्रकार भोला आचार्य सहित डा प्रकाश श्रेष्ठ, लवक नेपाली समाजका पूर्व अध्यक्षसमेत रहेका बरिष्ठ माधव पाण्डे, प्रविण सापकोटाको संयुक्त पहलमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको हल व्यवस्थापनको जिम्मा युवा व्यवसायि श्रेष्ठले लिएका थिएभने लवक नेपालीसमाजले पनि कार्यक्रमलाई सहयोग गरेको कार्यक्रम संयोजक पत्रकार आचार्यले वताए । टेक्सासकै अस्टिन शहरको आफ्नो प्रस्तुति सकेर भोलीपल्टै लवकमा देखिएका पछिल्लोसमयका लोकप्रिय गायक कालिप्रसाद बास्कोटाले “ओडाउला पीरतिको वर्को तिमिलाई”, “नीर जैले रिसाउने,“ पारी त्यो डॉडामा घाम लाग्यो घमाईले”, “सॉईली”, “लप्पन छप्पन जान्दिना म” लगायतका चर्चित गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा गायक एवं संगीतकार बास्कोटाले स्टेजमा गीत गाईरहँदा दर्शकहरू सीटबाट उठेर स्टेजमै नाच्न पुगेका थिए । उनका हरेक गीतहरू सकिन नपॉउदै पुन गाउन दर्शकहरूले दवाव दिएका थिए । उनीहरू वास्कोटासँगै स्वर मिलाउदै नाचेर खुवै रमाएको देख्न सकिन्थ्यो । कार्यक्रमम् बास्कोटाको प्रस्तुतिका साथै मिस नेपाल युएसए २०१८ की फ्रस्ट रनरअप पोशा जिटीले वनकी चरि बोलको आकर्षक नृत्य प्रस्तुत गरेकी थिईन भने प्रविण सापकोटाले गायक दिपक बज्राचार्यको नयॉ चर्चित गीत मन मगनमा आफ्नो प्रस्तुति दिएका थिए । यसका साथै स्थानिय कलाकारहरू नीता घर्ति, प्रशंसा घिमिरे र कृतिका गौतमले आकर्षक नृत्य पस्केका थिए । कार्यक्रमको मूल्याँकनसमेत गर्न भ्याएका धेरै दर्शकहरूले यसप्रकारको कार्यक्रम फ्रस्टटाईम इन लवक भन्दै खुशी व्यक्त गरेका थिए । कार्यक्रमको अन्तमा न्युयोर्कदेखी आएका डिजे सुर्य खड्काले दर्शकहरूलाई थप नचाएका थिए । पत्रकार भोला आचार्यको उद्घोषण रहेको उक्त कार्यक्रममा झण्डै डेढसय दर्शकको उपस्थिति रहेको थियो । डिसेम्बर २९ मा वासिंगटनको सियाटल र अघिल्लो दिन टेक्सासकै अस्टिन शहरमा आफ्नो प्रस्तुति दिएका उनले लवकको कार्यक्रमपछी ह्युस्टन लगायतका शहरहरूमा कार्यक्रम गरिने वताईएको छ । फोटो /भिडियो: प्रविण सापकोटा https://www.youtube.com/watch?v=zuO9EJ-_xm8&feature=youtu.be&fbclid=IwAR37iiXvkfsaHVSHm6rmu0NDA65J_zZjL1yXFeg8rIaiJMshWHnaulmpfIQ    

images
प्रकाशित मिति :पौष २७, २०७५ शुक्रवार - १८:०८:४८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend