Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

ओली सरकारले पानीजहाज कार्यालय खोल्ने, १६ जनाको दरबन्दी

ओली सरकारले पानीजहाज कार्यालय खोल्ने, १६ जनाको दरबन्दी

सतीश चापागाईं

४, माघ २०७५
images
  सरकारले पानी जहाज चलाउनका लागि कार्यालय स्थापना गर्ने भएको छ। मन्त्रिपरिषदले गरेका निर्णयहरू सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेपाल पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय भएको बताए। उनले कार्यालयमा उपसचिवले नेतृत्व गर्ने र १६ जनाको दरबन्दी रहने जानकारी दिए। ‘अब कागजको पानीजहाज होइन साँच्चै पानीजहाज चलाउन हामीले कार्यालय स्थापना गर्ने र कर्मचारीको दरबन्दी सिर्जना गर्ने निर्णय गरेका छौं,’ मन्त्री बाँस्कोटाले भने। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट पानीजहाजको टिकट पाउने काउन्टर खुल्ने कुरामा ढुक्क हुन आश्वासन दिएका थिए। प्रतिनिधि सभाको बैठकलाई पुस २२ गते सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समयअघि पानीजहाज चलाउँछु भन्दा कागजका पानीजहाज बनाएर उडाउने अहिले फेरि खै पानीजहाजको टिकट कहाँ पाइन्छ भनेर सोध्न थालेको आफूले सुनेको बताएका थिए। ‘कहाँ छ पानीजहाजको टिकट पाउने ठाउँ भनेर सोधेको पनि सुनें,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘पहिला सम्भव छैन भन्नेलाई पनि लाग्न थाले पानीजहाज चल्ने भएछ, ढुक्क हुनुस् एकदिन पानीजहाजको टिकट पाउने काउन्टर पनि खुल्नेछ।’ यसअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओली पुस १६ गतेदेखि कोशीमा पानीजहाज चल्ने भएकाले त्यसमा यात्रा गर्न निम्तो दिएका थिए। पुस १६ गते पानीजहाज चल्ने नभएपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यंग र आलोचना गरिएको थियो।

images
प्रकाशित मिति :माघ ४, २०७५ शुक्रवार - २०:१६:३३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend