बाल्टिमोर अमेरिका /
अगष्ट १
अमेरिकाको बाल्टिमोरमा नेपालका समाजशास्त्री प्राध्यापकहरु र स्थानीय बुद्धिजीवीहरुको अन्तरक्रिया कार्यक्रम जुलाई २९ मा सम्पन्न भएको छ । अमेरिकाबाट संचालन हुन लागेको अनलाइन नेप्लिज डायस्पोराका प्रधान सम्पादक तथा सामाजिक व्यक्तित्व सतिश चापागाईंको संयोजनमा भएको कार्यक्रममा दोस्रो संबिधान सभाका सभासद तथा नेपाली कांग्रेस चितवनका पुर्ब सभापति रामकृष्ण घिमिरे प्रमुख अतिथि हुनुहुन्थ्यो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि घिमिरेले समाजवादतर्फ उन्मुख नेपालमा फेरी तानाशाही व्यवस्था जन्मिने खतरा बढेको विचार राख्नु भयो । अहिले देशमा स्वतन्त्र रुपमा बोल्न, लेख्न र सत्ताका बिरुद्ध प्रदर्शन गर्न पनि नदिने सरकारी रवैयाले देश निरंकुशतातर्फ गईरहेको छ भन्ने संकेत हो भन्दै घिमिरेले यसतर्फ सबै बेलैमा सचेत हुनुपर्छ भन्नुभयो ।
सो कार्यक्रम प्राध्यापकहरु टिकाराम गौतम, झकेन्द्र घर्ती र दिपेश घिमिरेले समसामयिक नेपालको राजनीतिक, सामाजिक, आर्थिक र विकासका बिबिध पक्षहरुमाथि आआफ्ना दृष्टिकोणहरु राख्नु भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालका बिबिध पक्षहरुमा आफ्ना धारणाहरु ब्यक्त गर्नुभएको थियो ।कार्यक्रमको संचालन समाजवादी अभियन्ता कृष्ण सादगीले गर्नुभएको थियो ।