Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

क्रिकेट खेलाडीलाई विमानस्थलमा रातो कार्पेट

क्रिकेट खेलाडीलाई विमानस्थलमा रातो कार्पेट

सतीश चापागाईं

२१, माघ २०७५
images
  २१ माघ, काठमाडौं । पहिलो पटक एकदिवसीय र टी-२० सिरिज जितेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीको भव्य स्वागत भएको छ । खेलाडीको स्वागतमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, राष्ट्रिय खेदकुद परिषद (रापेख) उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य सचिव केशव विष्ट लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । खेलाडीहरुका लागि रातो कार्पेट समेत विछ्याइएको थियो । जनही ५ लाख दिन सिफारिस यसैबीच राखेपले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस गर्ने भएको छ । सदस्य सचिव विष्टले भने, प्रत्येक खेलाडीलाई ५ लाख दिन भोलि मन्त्रालयमार्फत प्रस्ताव लैजाँदैछु ।’ समाचार तथा फोटो अनलाइनखबर डटकम

images
प्रकाशित मिति :माघ २१, २०७५ सोमवार - १०:१३:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend