Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

पीडा उस्तै , कथा बेग्लै छ राहदानी बोक्नेको(गजल)-संगीता शर्मा

पीडा उस्तै , कथा बेग्लै छ राहदानी बोक्नेको(गजल)-संगीता शर्मा

सतीश चापागाईं

२६, श्रावण २०७५
images
•••• पीडा उस्तै ,कथा बेग्लै छ राहदानी बोक्नेको । पसिना चुहाई हत्केलामै जीन्दगानी बोक्नेको । सिंचाउन बाध्य भो बालुवाको फाँट परदेशमा मरुभुमिमा नि कलकलाउदो जवानी बोक्नेको। विवश छ बाध्यता र धैर्यताको बाँध लगाउन खुम्च्याएर दिलमै रहस्यमय काहानी बोक्नेको । ह्रृदयको कुना काप्चा चिहाउनु सके एकैपटक पत्तो पाउनेछौ माया कति मुटुमा खानी बोक्नेको । गहिरो प्रेम थन्काएर घरदेशमा,गयो परदेश आफु ढल्किन्छ रात तरंगिदै दिलमा महारानी बोक्नेको । कुसुन्ति-१३ , ललितपुर हाल इटाली

images
प्रकाशित मिति :श्रावण २६, २०७५ शनिवार - १६:०८:०२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend