Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपाली कांग्रेसको विधान पारित, पौडेल र सिटौलाको विमती

नेपाली कांग्रेसको विधान पारित, पौडेल र सिटौलाको विमती

सतीश चापागाईं

१२, फाल्गुण २०७५
images
काठमाडौं : नेपाली कांग्रेसले महासमितिबाट बहुमतका आधारमा पारित भएको विधान र राजनीतिक प्रस्तावलाई केन्द्रीय समितिबाट पारित गरेको छ। कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले एक महिना लामो रस्साकस्सीपछि विधान पारित गरेको हो। बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको विरोधका बाबजुद विधान पारित गरेको हो। एक महिना अघि माघ १० गतेदेखी शुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले महाधिवेशनमा सहभागी हुन तल्लो तहबाट निर्वाचित हुनुपर्ने वा स्वतः हुन पाउने भन्ने विवाद रहँदै आएको थियो। केन्द्रीय समिति बैठकले महाधिवेशनका लागि केन्द्रीय सदस्यले तल्लो तहमा निर्वाचित हुनु नपर्ने पुरानै व्यवस्थालाई यथावत राख्दै विधान पारित गरेको हो। महामन्त्री पूर्णबहादुर खड्काले विधान पेश गरेका थिए। बैठकमा वरिष्ठ नेता पौडेल र सिटौला पक्षले विरोध जनाएका थिए।

images
प्रकाशित मिति :फाल्गुण १२, २०७५ आइतवार - १९:१०:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend