Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

भाँजो हालिरहने सर्वकालिक भए (५ मुक्तक)

भाँजो हालिरहने सर्वकालिक भए (५ मुक्तक)

सतीश चापागाईं

१९, फाल्गुण २०७५
images
मुक्तक-१ बन्द, हड्ताल हुँदा निभ्ने, जनताको चूलो हुन्छ टुङ्गो विनाको 'वार्ता' भए, हल्ला मात्रै ठूलो हुन्छ कागजी घोडा गुडेपछि, विकासे भाषण फुरेपछि समृद्धिको सपना सधै, 'आँखामा छर्ने धूलो' हुन्छ ॥ मुक्तक - २ आगो लगाऊँ सबैतिर, कतिसकरम्म जल्दो रैछ माग पूरा हुँद‌न भने, ढलाऊँ सरकार ढल्दो रैछ आफ्नै कुरा माथि बनोस्, अरुले चै केही नभनोस् देशको खबर के सुनाऊँ, यस्तै तालले चल्दो रैछ । मुक्तक -३ आफैमा धर्मात्मा बन्दा रैछन्, जिउँदै वैतर्नी तार्नेहरु सम्मान थाप्छन् नानाभाँती, इमान्दारितामा हार्नेहरु जता नि हाली मुहाली छ, अझै त्यसैमा ताली छ मौका मिलाइ धमिलो, पानीमा माछा मार्नेहरु । मुक्तक -४ लोकतन्त्रको बहालीमा, सबको आफ्नै भूमिका भयो जनताको भागमा तर, आँसुका नूनिला ढिका भयो जसरी चलाऊ चल्दो रैछ, तालुमा आलु फल्दो रैछ लक्ष्मीका अघि सारा कुरा, जहिले पनि फिका भयो । मुक्तक-५ देशका निम्ति लड्नेहरू, केवल चोकमा सालिक भए तिनकै नाम भजाउने, करोडौंका मालिक भए विवादहरू उठाएर, भाडाका मान्छे जुटाएर राजनीतिमा भाँजो हाली..,रहने 'सर्वकालिक' भए । ✍ गोम बिक्रम कल्लाबारी, पाल्पा । २०७५ फागुन १८

images
प्रकाशित मिति :फाल्गुण १९, २०७५ आइतवार - १४:०३:४६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend