Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

गण्डकी मेडिकल कलेजका सीईओ र परीक्षा नियन्त्रक पक्राउ

गण्डकी मेडिकल कलेजका सीईओ र परीक्षा नियन्त्रक पक्राउ

सतीश चापागाईं

२२, फाल्गुण २०७५
images
गण्डकी मेडिकल कलेजका सीईओ र परीक्षा नियन्त्रक पक्राउ परेका छन् । कलेजका सीईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई विद्यार्थीहरुबाट ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ गरिएको हो । सरकारले तोकेभन्दा बढी रकम असुलेको भन्दै उजुरी परेपछि जिप्रकाले बुधबार कलेजका सञ्चालक खुमा अर्यालसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सरकारले उपत्यकाबाहिरका मेडिकल कलेजहरुमा एमबिबिएसको शुल्क ४२ लाख रुपैयाँ तोकेको छ । तर, कलेजले विद्यार्थीबाट थप १५ लाखसम्म रकम असुलेको विद्यार्थीको आरोप छ । यो रकम व्यक्तिगत खातामा जम्मा गराउने गरिएको र रकम तिरेको भौचर समेत नदिइएको विद्यार्थीहरुको गुनासो छ । अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, शुल्क तिरेपछि बिल, भौचर दिनुपर्ने लगायतका चारबुँदे माग राखेर कलेजका पाँच सय विद्यार्थी ३४ दिनदेखि आन्दोलनमा छन् । आन्दोलनकै कारण माघ २२ गतेदेखि ओपिडीमा र कक्षाकोठामा ताला लागेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७५ बुधवार - १९:३०:४४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend