Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एक गाग्री पानीका लागि घण्टौ कुर्नुपर्ने दिन सकिए

एक गाग्री पानीका लागि घण्टौ कुर्नुपर्ने दिन सकिए

सतीश चापागाईं

२३, फाल्गुण २०७५
images
  पर्वत  खानेपानीको समस्यमा परेको पर्वतको कुश्मा नगरपालिका १३ खौलाको ५ सय २५ घर परिवारले पानीको चरम समस्याबाट मुक्ति पाउने भएका छन्। गाउँमा पानीका मुहानको अभावसंगै खानेपानी आयोजना समेत नभएका कारण स्थानीय हिले, चनौटे, चालिसेडाँडा, बाह्रमुनि, कोटशेरा, चपाईँथर लगाययतका गाउँका गाउँलेहरुले अब भने पानीको खोजीमा घण्टौँसम्म लाईनमा बस्नु नपर्ने भएको छ। खानेपानी डिभिजन कार्यालयले १ करोड रुपैयाँ बिनियोजन गरेपछि गाउँमा खानेपानी आयोजनाको काम खगाडि बढेको हो। अहिले १ करोडको लागतमा गाउँमा एक घर एक धारा आयोजना अन्तर्गत काम भैरहेको छ भने भूकम्पपछिको पुननिर्माण अन्तर्गत ५० लाख रुपैयाँ बिनियोजन भएको छ । आयोजना अन्तर्गत अहिलेसम्म १ सय ११ नीजि र १३ ओटा सार्वजनिक धाराहरु बनेका छन्। साविकको ३ नं. वडा बाम्राका ४५ घरका लागि १०, वडा नं. २ हिलेमा ३, वडा नं. १ र २ चनौटेमा ४६ घरलाई ४६, वडा नं. ५ चालिसेडाँडाका ४४ घरलाई ४४, चपाईँ थरमा १२ र बाह्रमुनिमा ८ ओटा धारा निर्माणकै क्रममा रहेका छन्। यिनीहरुको निर्माण सकिएपछि अरु गाउँका लागि ५८ ओटा धारा निर्माण गरिने स्थानीय दिवाकर पौडेलले जानकारी दिए। पानीको बढी समस्या भएका साबिकको वडा नं. ४, ६ र ७ खौलाबजार र कोटशेरामा भने पानीको मुहान नै नभएका कारण लिप्mट प्रणालीबाट योजना बनाउनुपर्ने आवश्यकता रहेको उनले जानकारी दिए। दुई गाउँ उच्च स्थानमा रहेका तथा भूकम्पका कारण पानीका मुहानहरु नै सुकेका कारण २ ओटा गाउँमा भने पानीको समस्या कायमै छ। यो खानेपानी आयोजनापूर्व खौला क्षेत्रका स्थानीयलाई खानेपानीको चरम अभाव रहँदै आएको थियो। यसअगाडि एउटा टोलका लागि एउटा मात्र धारो रहने गरेका कारण बिहानभरी पानीको पर्खाईमा बस्नुपर्ने बाध्यता थियो। स्थानीय सन्तोष थापाका अनुसार गाउँमा पानीको अभाव भएका कारण एक गाग्री पानी लिनकै लागि बिहानभरी पालो पर्खनुपर्ने बाध्यता थियो। नेपाल समाचारपत्र

images
प्रकाशित मिति :फाल्गुण २३, २०७५ बिहिवार - १९:४८:५९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend