Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

एनआरएनए, एनसीसी, यूएसएको अध्यक्षका उम्मेद्धवार कृष्ण पोख्रेलका चुनावी प्रतिवद्धताहरु

एनआरएनए, एनसीसी, यूएसएको अध्यक्षका उम्मेद्धवार कृष्ण पोख्रेलका चुनावी प्रतिवद्धताहरु

सतीश चापागाईं

३०, फाल्गुण २०७५
images
  एनआरएनए अमेरिका यतिबेला चुनावी माहोलमा होमीएको छ । आगामी २ बर्ष अमेरिकाको सिगों नेपाली समाजलाइ नबीन सोच, योजना र कार्यकुशलताका साथ हाक्न ज्यादै महत्वपुर्ण हुने नयाँ नेतृत्व चयनमा मैले अमेरिकी नेपाली समाजलाइ विश्वमा नै एक उत्कृष्ट एनसीसीका रुपमा स्थापीत गर्न सक्नेछु भन्ने आत्माविश्वासका साथ अध्यक्षको पदमा उम्मेदवारि दिएको छु । एनआरएनएमा मेरो गहिरो अनुभव, नबिन योजना र कार्यन्वयनको प्रस्ट मार्गचित्र नै मेरो विजयका आधारहरु हुन् । विगतमा यो संस्थामा रहेर मैले अमेरिकामा रहेका नेपाली दाजुभाइ दिदि बहिनीहरुको अवस्था, अवसर र चुनौतिहरुलाइ नजीकबाट अनुभुत गर्ने मौका पाएको छु । आज हाम्रो समुदायको क्षमतालाइ अझ सवल बनाउने र हाम्रा अफ्ठ्यारहरुलाई फुकाउन सक्षम एनआरएन हामीलाइ चाहिएको छ । म हामीमा निहित सिप र आर्थिक सवलताको पुर्ण उपयोग गरि अमेरिकी नेपाली समुदायलाइ आर्थिक सम्पन्नता तर्फ डोर्याउन हातेमाले गर्न चाहन्छु । अमेरिकी समाजमा नेपाली पहिचानको अभिबृदिको लागी मेरा निश्चीत कार्यक्रमहरु छन् जसले हाम्रो पहिचान फराकीलो पार्ने मात्र होइन अल्पसंख्यक समुदायले पाउने विभिन्न अवसरहरुबाट हामी लाभान्बित हुन्छौँ । एकपटकको नेपाली सधैको नेपाली र जननी जन्मभुमिश्च स्वर्गादपी गरियसी भन्ने मुलमन्त्रलाइ आत्मसातगर्दै गैर आवासीय नेपालीको अधिकारका लागी लडिरहने छु । मेरो प्रतिबद्धता र एजेन्डाको सार संक्षेप यसरि प्रस्तुत गर्न चाहन्छु : १. एक पटकको नेपाली सधैको नेपाली नारा सार्थक बनाउन र गैर आवासीय नेपाली नागरिताको लागि निरन्तर लाग्नेछु । २. स्थानीय संघसंस्थाहरुसंग समन्वय र सहकार्यका लागी राज्य च्याप्टरहरुलाइ व्यापक सक्रिय बनाउन विशेष योजना ल्याइने छ । राज्य स्तरका कार्यक्रमको सम्पुर्ण जिम्मा राज्य च्याप्टरलाइ दिइने छ । ३. नेतृत्व विकास र तल्लो तहसम्म एनआरएएको विस्तारको लागी स्थानिय च्याप्टरसंगको सहकार्यमा नेतृत्व विकास तथा सदस्यता अभियान संचालन गर्न “मेरो एनआरएन” अभियान संचालन गरिने छ । ४. “आपतकालको लागी एक डलर ” अभियान अन्तर्गत प्रत्येक एनआरएन सदस्यहरुबाट मासिक १ डलर संकलन गरिने छ । सो रकम नेपाली परिवारलाइ पर्नसक्ने आपत्कालिन अवस्थामा उपयोग गरिने छ । ५. प्रवासमा पहिचान अभियान संचालन गरिने छ जस अन्तर्गत, नेपाली पहिचानलाइ समृद्ध पार्नको लागी अमेरिकाको प्रत्येक शहरहरुमा “नेपाल डे” घोषणाको लागी सरकारि निकायमा पहल गर्नछु र ति शहरहरुमा त्याहाँका राज्य च्याप्टरहरुको समन्वयमा नेपाल डे परेड आयोजना गरिने छ । ६. एनआरएन परिचय पत्र (आइ डि कार्ड र्) ९० दिन भित्र वितरण गरि सक्नेछु । सो कार्ड मार्फत विशेष सहुलीयत कार्यलाइ राज्य च्याप्टरहरु मार्फत कार्यन्वयनमा ल्याउने छु । ७. युवा तथा विद्यार्थिहरुको एनआरएनएमा सहभागिता बृद्धिका लागी सांस्कृतिक, साहित्यिक तथा खेलकुद र अन्य मनोरंजनात्मक तथा बौद्धिक प्रतियोगीताहरु संचालन गर्ने । सो कार्यको लागी कला, साहित्य, संगीत र खेलकुद क्षेत्रका विज्ञ सम्मीलित कार्यदल गठन गरिने छ । यो कामको प्रभाबकारिताको लागि युथ कोअर्डिनेटरको संयोजकत्वमा “युवाको एनआरएन” अभियान संचालन गरिने छ । ९. सामुहिक लगानीको लागी “मेरो समृद्धि” अभियान संचालन गरिने छ जस अन्तर्गत प्रत्येक बर्ष कम्तिमा एक परियोजना संचालनमा ल्याउने जसको लागी योजना निर्माण र कार्यन्वयनका लागी व्यवसायी एवं विज्ञहरु सम्मिलीत एक उच्चस्तरिय समीति निर्माण गरिने छ । १०. नेपाली समुदायको घना बस्ति रहेको क्यालिफोर्नीया, टेक्सास र शिकागो क्षेत्रहरुमा नेपाली कन्सुलेट कार्यलय स्थापना गर्नको लागी बिशेष पहल गर्नेछु । ११. अमेरिकामा रहेका नेपाली व्यवसायीको क्षमता अभिबृदि गरि अमेरिकाका व्यवसायी तथा लगानी फोरमसंग सहकार्यका लागी समन्वय गर्न एक उच्चस्तरिय समिति गठन गरिने छ । १२. एकपटकको नेपाली सधैको नेपाली भन्ने मुलमन्त्रलाइ आत्मसात गर्दै नेपालको संविधानमा उल्लेख भएको अधिकारको प्राप्तीको लागी लडिरहने छु । १३. अमेरिकामा प्राप्त गरेको ज्ञान, सीप र प्रविधिलाइ नेपालमा उपयोग गर्नका लागी नेपाल सरकारसंग आवश्यक समन्वय गर्नेछु । जसको लागी विभिन्न पेशामा दक्ष जनशक्तिहरुको कार्यदलहरु निर्माण गरिने छ । १४. दोहोरो कर प्रणलीको अन्त्यका लागी नेपाल र अमेरिकी सरकारका विच सम्झौता गराउनका लागी अवश्यक पहल गर्नेछु । १५. अमेरिकामा रहेका नेपालीको समस्या सुनुवाइ र समाधानको लागी महिनाको दोस्रो र अन्तिम शनिवार टेलिफोन क्लिनिकहरु संचालन गर्नेछु । यस अन्तर्गत डाक्टर, वकिल,विद्यार्थी, सुचना प्रविधी, इन्जीनियरिङ र नेपाल सम्बन्धी सरोकार राख्ने हरेक विषयमा सो क्लिनीकमा बहस तथा परामर्श गर्ने व्यवस्था मिलाउने छ । १६. नेपाली बहुल राज्यमा कम्तिमा एक सामुदायीक भवन निर्माण गरिने छ । १७. सुचना प्रविधिको उच्चतम उपयोग गर्दै एनआरएनएलाइ प्रविधि मैत्री बनाउने योजना अनुरुप एक महिना भित्र एनआरएनएको बेभसाइटलाइ मोबाइल मैत्री बनाइने र सम्पुर्ण सामग्रीहरु अपडेट गरिने छ । कृष्ण पोख्रेल उम्मेद्धवार, अध्यक्ष, एनआरएनए, एनसीसी, यूएसए ।

images
प्रकाशित मिति :फाल्गुण ३०, २०७५ बिहिवार - २०:४८:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend