Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नायिका रेखा थापाले काठमाडौं सुपर च्याम्पियन्स टिम किनिन्

नायिका रेखा थापाले काठमाडौं सुपर च्याम्पियन्स टिम किनिन्

सतीश चापागाईं

४, चैत्र २०७५
images
  काठमाडौं । काठमाडौं सुपर च्याम्पियन्स क्रिकेट टिमकी मालिक अभिनेत्री रेखा थापा बनेकी छिन् । आगामी महिना विराटनगरमा हुने एनसिएल महिला टी–२० प्रतियोगिताका लागि काठमाडौं सुपर च्याम्पियन्स टिम किनेकी हुन्। कार्यक्रममा टी–२० लिगमा सहभागी हुने चार टिम, टिम मालिक र मार्की खेलाडी घोषणा गरिएको छ। काठमाडौं सुपर च्याम्पियन्समा नेरी थापा मार्की खेलाडीको रुपमा भित्रिएकी छिन्। प्रतियोगिताका लागि अब खेलाडी भित्र्याउन अक्सन हुने र अक्सनको मिति चाँडै घोषणा गरिनेछ । प्रतियोगिता आगामी बैसाख ७ देखि १४ गतेसम्म विराटनगरको बैजनाथपुर रंगशालामा हुने तय गरिएको छ।

images
प्रकाशित मिति :चैत्र ४, २०७५ सोमवार - ०६:५५:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend