Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

महँगो माया(लघुकथा) - गोम बिक्रम

महँगो माया(लघुकथा) - गोम बिक्रम

सतीश चापागाईं

२२, चैत्र २०७५
images
  अहिलेका हाकिम अलि गम्भीर, चलाख र फरक छन् भन्ने सुनेर कर्मचारीहरूमा खासखुस चल्थ्यो- "कतातरिका रहेछन् ?" " जतासुकैका होउन कामसित पो मतलब !" "बर्षौदेखि जमेर अफिसै हल्लाएर बसियो ।" अनि मनमनै अठोट गरें मैले- अछ्यूँ खाएँ बछ्यूँ खाएँ....। "मुस्कानमै फिदा बनाइदिन्छ्यौ तिमी आखिर तिम्रो मोहनीबाट को नै उम्केको छ र ?" स्टाफहरू जिस्काउँथे । रुप, सम्पन्नता, पहुँच सबैमा वरदान पाएकी म कहिले कसैसित डग्न परेन । सदाबहार सुन्दरी र प्रेमील देखिन केशमा रातो गुलाफ सिउरेर हिँड्थें । " नितु भन्नु भो हगि नाम ? कस्तो मिठो धेरैबाट तपाइको प्रशंशा सुनियो ।" एक दिन एक्लै हुँदा गफिन खोजे उनले । पछि बिस्तारै उनको बायोग्राफी, नि:सन्तान अवस्था, ३ /३ ठाउँमा घर करोडौंको जायजेथा भएको थाहा लाग्यो । अनि त अफिसको गाडीमा विदा, मार्केटिङ, घुम्न जान लागियो । उनकी मेडमसित नजिक भएपछि निवासमै जाने बाटो नि खुलाएँ । आफू घरबारे भए पनि मैले सबै भुल्दै र दिलमा उनैलाई हुल्दै लगेकी थिएँ । उनीसितको भेटघाटले जिन्दगी फरक अनुभूति भैरहेथ्यो । मौका मिलाएर कति ठाउँमा खानपीन, उठबस र घुमाइ सजेरी भए । कति छिट्टै दिन, महिना र बर्ष बिते पत्तै भएन । ++++++ "सर जे नहुनु पर्ने थियो भएछ नि...." मनको गाँठो खोल्दै भने मैले । " कसरी ? कुरा बुझिनँ नि ?" उनको मुहार बदलियो । मैले मासिकधर्म रोकिएका सुनाएपछि उनी एकतमासका देखिए- "मबाट हुनै सक्दैन नितू जी ।" " कैयौ परिक्षणमा मबाट सन्तान नहुने कुरा प्रमाणित भैसकेको छ । फेरि म तिमीसित कहिल्यै बेहोशीमा बिताइनँ । मसितको कुरै होइनँ ढुक्क होऊ ।" उनले सफाईमा भने । पहिलेदेखि उनीसित ठूल्ठूलै रकम लिइ सकेकी थिएँ । मैले उनीसित यस्ता बाचा गराएकी थिएँ कि केही भए अन्तिममा म तपाईकी हुन्छु भनेर । "सरले 'कान्छी' बनाउन बल्छी थाप्नु भा' कि ? मैले मन चोर्ने प्रयास गरेँ । "सत्य नितू मबाट त्यस्तो हुनै सक्दैन ।" उनी मबाट तर्किन खोजेको बुझेँ । "मेरो माया त लाग्छ नि ?" मैले निधो खोजेँ । " कुरो त्यसो होइन नितू जी " "के म घर न घाट भएको हेर्न सक्नु हुन्छ ?" मैले सीधै भनें । "सरी नितु ! असम्भव ।" उनी दोधारमा देखिए । "कताबाट कसरी भयो सर हाम्रो त्यो होटलको घटनाको भिडियो छ भन्ने कुरा सुनिन आयो । 'कर'नबुझाए सार्वजनिक गर्दिने धम्की आएको छ । सरलाई केही दिन सोच्ने समय दिन्छु । अहिले बल्ल उनी अलि गम्भीर देखिए । "म हजुरको मुटुमा छु सर निस्कन चाहन्नँ अब ।" उनी अझ गम्भीर भए । मैले उनैकी हुने अडान छोडिनँ । किनकी मेरा अभावहरू उनीबाटै पूर्ति हुन्थे । "हामी आ-आफ्नो ठाउँमा रहनुपर्छ ।" उनी तयार थिएनन् । "के म मर्छु के हजुरबाट अलग रहन्नँ । मैले मेरा मान्छे, पहुँच सबैको कुरा सुनाइसकेकीछु ।"मेरो अडान थियो । "भूकम्प यता पनि नआओस, उता पनि, घर कतैको भत्किन, हल्लिन र चर्किन हुँदैन कसैगरी । " उनले जागिर, प्रतिष्ठा र घरका निम्ति मतिरको कारोबारको रकम मैतिर रहने गरी प्रस्ताव राखे । म तयार भइनँ । "मामिला मेरो मात्र होइन सर रेकर्ड होटलमा रहेछ । डिलिट गर्नु पर्यो नि ... !" फेरि पनि चुकाएँ उनलाई । त्यसको पनि दक्षिणा राखे अनि मन बल्ल हलुका भयो । सधैभन्दा अलि बेग्लै श्रृंगारसित उज्यालो मुहारमा फुरूक्क पर्दै उही चञ्चले हाउभाउमा म उनको नजिक पुग्दा सदा झै उनको रौनकता देखिनँ । उनको मनको तुष मेटाइदिनँ मेरो मोबाइलको ग्यालरी खोल्दै भनेँ -"बडो मुश्किलले फुत्काएर ल्याएको । नत्र दुवैको जहाज डुबिसक्या नि ! अचेल माया कति महँगो हगि ?" [email protected] - कल्लाबारी, पाल्पा ।

images
प्रकाशित मिति :चैत्र २२, २०७५ शुक्रवार - १९:५८:१५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend