Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

साउदी अरबबाट असन्तुष्ट जलनले लेखे मन छुने गजल

साउदी अरबबाट असन्तुष्ट जलनले लेखे मन छुने गजल

सतीश चापागाईं

२५, चैत्र २०७५
images
घरको यादले परदेशीको आँखा रसाउँछ गजल मान्छेलाई देखेर बाघ डराउँछ यो सत्य हो भिड्योभने बाघले नै लडाउँछ यो सत्य हो । सफलताको कुरा छोड्नुस् असफलतामा पहिलो ताली भाइले बजाउँछ यो सत्य हो । उसको घमण्ड देखेर तपाईं नआत्तिनुहोस् कमिलो मर्नेबेला पखेटा आउँछ यो सत्य हो । सन्तान मुर्ख छ भने तपाईं गर्व ग र्नुहोस् भोलि उसले नै देश चलाउछ यो सत्य हो। भन्न त मैले तिम्रो याद आउँदैन भन्ने गरेकोछु तर एक्लैहुँदा मन पागल बनाउँछ यो सत्य हो । काम र कमाइ राम्रै भएपनि घरको यादले परदेशीको आँखा सधैं रसाउँछ यो सत्य हो । - असन्तुष्ट जलन दाङ हाल : साउदी अरबबाट (असन्तुष्ट जलनको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला ।-सम्पादक)

images
प्रकाशित मिति :चैत्र २५, २०७५ सोमवार - २२:०२:५९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend