Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

कान्लामुनी देख्छु भ्यागुताहरु (५ मुक्तकहरु)✍ गोम बिक्रम

कान्लामुनी देख्छु भ्यागुताहरु (५ मुक्तकहरु)✍ गोम बिक्रम

सतीश चापागाईं

८, बैशाख २०७६
images
  मुक्तक-१ सपना बाँडी अनौठा ती, मीठा रसिला बात गर्यौ समर्पित भएँ सहयोगी, दयालु उस्तै हात गर्यौ गन्तव्यनिर पुग्नै खोज्दा, भरोसा लाग्दो हात रोज्दा तिम्लाई जस्तो विश्वास गरेँ, तिमीले भने घात गर्यौ । मुक्तक -२ पद ओगटी कुर्सीमाथी, गोडा खापेका छन् अझ भ्रममा पारी दुनियाँलाई, दामै छापेका छन् अझ चोखिने कामकाज उस्तै, कलंकितको राज उस्तै प्रतिष्ठाको खोल ओडी, सम्मान थापेकाछन् अझ । मुक्तक -३ दैवी प्रकोप, दुर्घटना, देशमा जतिखेरै हुन्छ आफ्ना कख्याइ पिडितमा, विभेद त्यहीनेरै हुन्छ जनताको छ चिसो चुलो, राजनीति छ यता ठूलो राहत बाँड्नु कहाँ छ कहाँ, प्रचारबाजी धेरै हुन्छ । मुक्तक -४ व्यवहार रुखो-तीतो नै छ, बोलीमा चिनी घोले पनि दुनियाँलाई थाहा नै छ, मुखले कत्ति नबोले पनि अब आफैले गुन्नुपर्छ, सबको आवाज सुन्नुपर्छ कसले अब चिन्दैन र ?, मुकुण्डो जति नखोले पनि । मुक्तक- ५ कुभलो सोची जति पनि, लगाऊ बल-बुताहरु पछार्न अनि खुट्टा तान्न, खियाऊ जति जुताहरु दुनियाँले टाउको खालान्, सारा प्रयास खेर जालान् जति उफ्रे नि कान्लै मुनी, देख्छु सधै 'भ्यागुता'हरु । ✍ गोम बिक्रम कल्लाबारी, पाल्पा २०७६ बैसाख ३

images
प्रकाशित मिति :बैशाख ८, २०७६ आइतवार - ०७:२२:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend