Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मीना चौलागाईका केही मुक्तकहरु

मीना चौलागाईका केही मुक्तकहरु

सतीश चापागाईं

१९, बैशाख २०७६
images
  मुक्तक -१ स्वीकार छ मलाई तिम्रा हरेक बात रुझ्नु छ गराइदेऊ मायाको वर्षात बिन्ती नतड्पाऊ पलपल यो मनलाई, बस्नु छ मलाई तिम्रो दिलको हिरासत ! मुक्तक -२ सकारात्मक सोचको बास छ मनमा त्यसैले होला सधै उल्लास छ मनमा शिशिर या ग्रीष्म जेसुकै होस् बाहिर, आफ्नो त सधै मधुमास छ मनमा ! मुक्तक -३ मनभित्र सुन्दर हत्कडी तयार छ मलाई कसुरदार भेट्टाउन हतार छ जन्म कैद गर्ने चाहना छ मनमा, तर बैगुनी दिल चोरेर फरार छ ! मुक्तक -४ एउटा मान्छे हृदयको भित्रै बस्छ किन होला ? उसकै यादले सधैभरी मलाई डस्छ किन होला ? न निकाल्न सक्छु उसलाई न त राख्न ठाउँ नै छ, सारो वचन बोल्दा उसले आँसु खस्छ किन होला ! मुक्तक -५ ज्यानको माया कति लाग्छ भेल तर्दा थाहा हुन्छ को आफ्नो हो को बिरानो दु:ख पर्दा थाहा हुन्छ धनको प्रदर्शन महल गाडी हिरा मोतीले गरे पनि, साँच्चै कति कमाएछ मान्छे मर्दा थाहा हुन्छ ! - मीना चौलागाईं काभ्रे- पाँचखाल । (-मीना चौलागाईंका मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :बैशाख १९, २०७६ बिहिवार - ०६:३५:३८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend