Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

‘सुन साइँली’ गीतका रेकर्डिस्ट महत बुहारी हत्याको आरोपमा प्रहरी खोरमा

‘सुन साइँली’ गीतका रेकर्डिस्ट महत बुहारी हत्याको आरोपमा प्रहरी खोरमा

सतीश चापागाईं

२७, बैशाख २०७६
images
काठमाडौं । चर्चित गीत ‘सुन साइली’ गीतका रेकर्डिस्ट उज्वल महत आफ्नै भाइकी श्रीमती (बुहारी हत्याको आरोपमा पक्राउ परेका छन् । उनले बिहीबार दिउँसो २५ वर्षीय बुहारी अञ्जना महत (लामा) को खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । बुहारीको हत्या गरेपछि घरमै रहेकी आमालाई उनले त्यसबारे जानकारी गराएका थिए । उनले हत्यापछि ‘आमा मैले बुहारीलाई काटें प्रहरीलाई बोलाउनुस्’ भनेपछि घरकाले घटना थाहा पाएको जनाइएको छ । त्यसपछि प्रहरीलाई खबर भएको थियो । प्रहरी पुग्दा उनी घरमै थिए । हत्याको कारणबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुले जानकारी दिए । बहुचर्चित गीत ‘सुन साइली’ को उनले रेकर्डिस्टका रुपमा काम गरेका थिए । केही गीतमा उनले संगीत पनि भरेका छन् । उनमा मानसिक समस्या रहेको प्रहरीको प्रारम्भिक छानबिनमा खुलेको छ । अञ्जना केहि दिनभित्रै विदेश जाने तयारीमा रहेको बुझिएको छ । घटनाको कारण अझै खुलिसकेको छैन । तर, घटनाअघि महत परिवारमा सबैची आत्मीय सम्बन्ध रहेको स्थानीयले जानकारी दिएका छन् । हत्या आरोप लागेका उज्जललाई स्थानीयले भद्र व्यक्तिको रुपमा लिने गरेका थिए ।नेपालसमाचारपत्रमा खबर छ ।

images
प्रकाशित मिति :बैशाख २७, २०७६ शुक्रवार - २१:५३:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend