Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मुक्तककार प्रकाश पाठक "योगी"का केही चोटिला मुक्तकहरू

मुक्तककार प्रकाश पाठक "योगी"का केही चोटिला मुक्तकहरू

सतीश चापागाईं

२८, बैशाख २०७६
images
  मुक्तक - १ नभन्नुस् कसैले यो पागल त्यसै रन्किएको छ विचार नै नगरी आफ्नै कुरामा सन्किएको छ म यसै कराएको होइन न्याय हरायो भनेर महोदय बर्षौ बित्दा नि चेलीको पीडा अदालतमा थन्किएको छ । मुक्तक - २ बारम्बार न्याय नपाएर ठक्कर खानै पर्ने हो त भनिदिनुहोस् कसैले काशीतिर जानै पर्ने हो त विश्वास नलागेर स-प्रमाण पेश गर्ने आदेश दिन्छौ निर्वस्त्र चेलीको लाश बोकी अदालत जानै पर्ने हो त ? मुक्तक - ३ जब आफ्नै कथा हुन्थ्यो तब छानबिन गराउँथ्यौ सरकार दिनहूँ ठाडो आदेशमा भएभरकालाई कराउँथ्यौ सरकार ति चेली को हुन् र तिम्रो ? आखिर वास्ता गर्नको लागी निर्मलाको ठाउँ तिम्री छोरी भए आँसुले आँखा भराउँथ्यौ सरकार ? मुक्तक - ४ शब्दको प्रहारले वैचारिक द्वन्द्व गराउन छोड्दैन अन्यायको बिरुद्ध न्यायको झण्डा फर्फराउन छोड्दैन सक्छौ अहिले नै गोली ठोकी दिनु बरू आनन्द मिल्ने छ होइन भने अन्यायको बिरुद्धमा "योगी" कराउन छोड्दैन । मुक्तक -५ अनेकौं रहर छन् हियोमा लुकेका जस्तै छन् पुतली दियोमा लुकेका सहयात्री बन्ने कसरी उदाहरण हेरौं प्रगाढ प्रेम छ धागो सियोमा लुकेका । - प्रकाश पाठक "योगी" भरतपुर -२३ जगतपुर चितवन नेपाल । हाल : दोहा कतार ( -प्रकाश पाठक "योगीका मुक्तक साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो ।नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :बैशाख २८, २०७६ शनिवार - १९:३३:५८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend