Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

नेपालीको रोजगारीका लागि युरोपका १९ वटा देश सिफारिस

नेपालीको रोजगारीका लागि युरोपका १९ वटा देश सिफारिस

सतीश चापागाईं

३०, श्रावण २०७५
images
साउन २९, २०७५ मगलवार काठमाडौं – नयाँ श्रम गन्तव्य बारे अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलले सरकारलाई थप १९ वटा देशमा नेपालीलाई रोजगारीमा पठाउन सकिने प्रस्ताव गरेको छ । पूर्वराजदूत उदयराज पाण्डेको संयोजकत्वमा गठित कार्यदलले युरोपका पोर्चुगल, चेक गणतन्त्र, रोमानीया, पोल्याण्ड, स्वीडेन र डेनमार्कलगायत देश नेपालीका लागि नयाँ श्रम गन्तव्य हुन सक्ने सिफारिस गरेको हो । यी देशमा सेवा क्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा श्रमिकको माग उच्च रहेकाले ती देश नेपाली श्रमिकका लागि उपयुक्त हुन सक्ने कार्यदलको सुझाव छ । युरोपका विभिन्न देशको आर्थिक स्थिति तुलनात्मक रुपमा बलियो देखिएको भन्दै ती देश वैदेशिक रोजगारीका नयाँ गन्तव्य हुन सक्ने कार्यदलको निष्कर्ष छ । यस्तै कार्यदलले नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउँदा जिटुजी मोडल नै उपयुक्त हुने सुझाव पनि दिएको छ । नेपाल सरकारको प्रत्यक्ष एवं प्रभावकारी अनुगमन र नियमन रहने गरी नेपालका निजी व्यवसायीले सोझै गन्तव्य मुलुकका रोजगारदाता कम्पनीबाट मागपत्र ल्याई श्रमिक पठाउने जिटुजी अथवा गन्तव्य मुलुकमा निजी कम्पनी संग्लन नरहने मोडल कार्यान्वयन गर्न सिफारिश गरेको हो । त्यस्तै व्यवसायी र विचौलियाका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने कयौं श्रमिकहरु समस्यामा परिरहेको भन्दै कार्यदलले सरकारी तहबाटै भर्नालगायत सम्पूर्ण प्रक्रियाको व्यवस्थापन गर्न सम्भव भएका देशका हकमा निजी व्यवसायीलाई संलग्न नगराउनु नै उपयुक्त हुने कार्यदलको सुझाव छ । श्रम मन्त्रालयले नयाँ देशमा जिटुजी मोडलको लागि सम्भाव्यता अध्ययन गर्न, वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य देशको पहिचान गर्न र ती देशमा श्रमिक पठाउँदा लाग्ने खर्च निर्धारणका लागि मापदण्ड तयार गर्न गत वैशाख ३ गते कार्यदल गठन गरेको थियो । पाण्डेको संयोजकत्वमा रहेको कार्यदलको सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गा भण्डारी, श्रम मन्त्रालयका सहसचिव कृष्ण ज्ञवाली, वैदेशिक रोजगार विभागका महानिर्देशक, वैदेशिक रोजागर विज्ञ, नेपाल वैदेशिक रोजगार व्यवासयी संघका प्रतिनिधि सदस्य थिए । उज्यालो अनलाइनबाट ।

images
प्रकाशित मिति :श्रावण ३०, २०७५ बुधवार - २१:२६:१५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend