Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मुक्तककार निशा के.सी.का ५ चोटिला मुक्तकहरु

मुक्तककार निशा के.सी.का ५ चोटिला मुक्तकहरु

सतीश चापागाईं

२, जेठ २०७६
images
  मुक्तक - १ देखिहाल्याै म कति माेजमा छु प्रकृतिकाे नि:शुल्क भाेजमा छु लुकाएर अाफ्नै हृदयमा गाैतम बुद्ध भन्दिनँ, म. शान्तिकाे खाेजमा छु । मुक्तक -२ घाम, पानी, असिना, हुरी सहिदियाे भगाउँदै गर्मी शितल बतास बहिदियाे देख्न छाडेपछि महलका सपनाहरू मलाई मेराे झाेपडी नै महल भैदियाे । मुक्तक -३ उज्यालाे हुँदैमा अाकाशबाट तारा झर्दैनन् घाम लागेपछि पग्लन्छ जरूर, हिमाल सर्दैनन् उस्तै नै छन् सदियाैदेखि मान्छेहरूका स्वभाव परिवर्तन त चाहन्छन् मान्छे, तर स्वीकार गर्दैनन् । मुक्तक -४ जिन्दगीकाे लय, छिनाउँदाे रहेछ समयले जान्न भन्दाभन्दै पनि हिँडाउँदाे रहेछ समयले एक दिन यस्ताे पनि अाउला साेचेकै थिइनँ सुन बेचेर फलाम, किनाउँदाे रहेछ समयले । मुक्तक -५ बज्र जस्ताे छाती, हृदय शिशाकाे मन पर्छ बाेली वचनमा थाेरै मह मिसाकाे मन पर्छ सदैव त याे जगतमा सदाबहार पनि फुल्दैन घुर्की लाउँदै कहिलेकाही रिसाकाे मन पर्छ । - निशा के. सी. काठमाण्डौ, नेपाल । ( ✍️ -निशा के. सी. का यी मुक्तक गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २, २०७६ बिहिवार - १७:५०:५९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend