Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

खगेन्द्र बश्यालका केही चोटिला हाइकुहरू

खगेन्द्र बश्यालका केही चोटिला हाइकुहरू

सतीश चापागाईं

५, जेठ २०७६
images
  देखियो कस्तो फूल हुनै सक्दैन काँढा हो जस्तो । -१ थियोे गतिलो मलजल पुगेन सधै बतिलो । - २ आँसु बर्सियो माली गयो बिदेश मुल सर्सियो । - ३ भन्छ नियालो अन्त जानू पर्दैन यतै दियालो । - ४ फुले नि जुही गुँरास नै सम्झनु कुरा हो उही । - ५ बाँडे सराब पासा उता पल्टियो थुक्क चुनाव । - ६ पुच्छर तानी यो मनले भन्दैछ स्वर्ग नजानी । -७ यता न उता सर्प खुशी पारन उफ्रे भ्यागुता । -८ चिसा पसिना आँखैबाट देखिए ढिका असिना । - ९ देखोस् दुनियाँ पुराना ती फालेर सपना नयाँ । -१० - बगनासकाली गाउपालिका -७, दैलातुङ्ग, पाल्पा   हाल : बुटवल । ( ✍️ -खगेन्द्र बश्यालका यी हाइकुहरू गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com/nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ ५, २०७६ आइतवार - १३:१९:०३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend