Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

परोपकार (कविता) - गंगा निरौला

परोपकार (कविता) - गंगा निरौला

सतीश चापागाईं

१०, जेठ २०७६
images
  मानिस मानिसमा विवाद भएको छ मन्दिरमा राखिएको मूर्तिप्रति अत्याचार र अन्याय भएको छ खै तिम्रो परोपकार धर्म लुब्ध हुन लागेको छ कुरितिले जरा गाडेको छ अन्धविश्वासमा चलेका तिम्रा नेता कुर्सीमा बसी भाषण दिन थालेका छन् खै तिम्रो परोपकार आत्मीयता हराइसकेको छ क्षुद्र वचनले कराएका छ मानिस मानिसमा भएको लडाइँले मानौं आफ्नै भेष पनि हराइसकेको छ खै तिम्रो परोपकार ? घरबाट बाहिर जाँदा हतियार लिएर हिँड्नु पर्ने रगतको नदी बगाएर होलीको उत्सव मनाएका छन् मान्छेबाट मान्छेको मासु खाएर आरोप मातालाई दिएका छन् खै तिम्रो परोपकार ? भय ती मानिससँग लाग्छ जसले अमूर्त रूपमा जलाएको हुन्छ आफ्नो निम्ति दुनियाँ छलाएको हुन्छ नयन वरिपरि टालो बाँधेर बसेको छ मेरो देश कविता रचना गर्न खोज्दै कुनै इनामको निम्ति परोपकार गर्न खोज्छ बल्ल जन्मिदै गरेको मेरो कलम मन्द मन्द हाँसी दिन्छ बस !ती व्यक्तिलाई देखेर हो ती व्यक्तिलाई देखेर । -मोगाउँ शाखा, म्यान्मार । (- गंगा निरौलाको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।काम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ १०, २०७६ शुक्रवार - १८:४९:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend