Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अस्ट्रेलिया जाने तयारीमा रहेकी युवतीको प्रेमीले गरे हत्या

अस्ट्रेलिया जाने तयारीमा रहेकी युवतीको प्रेमीले गरे हत्या

सतीश चापागाईं

१, भाद्र २०७५
images
अभयकुमार राई विराटनगर- मोरङको ग्रामथान गाउपालिका ३ सिद्राहामा एक युवतीको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको छ। विराटनगरबाट घुम्न जाने क्रममा शुक्रबार २३ वर्षकी शिखा घिमिरेको उनकै प्रेमी ३० वर्षिय दिनेश भट्टराईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी मनोज केसीका अनुसार दुवैजना घुम्न जाने क्रममा बिहान को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए। घुमघामकै क्रममा भट्टराईले धारिलो हतियार दाउ प्रहार गरेर घिमिरेको हत्या गरेका हुन्। हत्या गरेर शव नहरको डिलमा फालेर भाग्न खोज्दै गर्दा भट्टराईलाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिँदै प्रहरीको जिम्मा लगाएका थिए। पक्राउ गर्ने क्रममा ती युवकले स्थानीय बासिन्दालाई हतियारसहित प्रहार समेत गर्न खोजेको एसपी केसीले जानकारी दिए। त्यस क्रममा गाउलेसँग दोहोरो घम्साघम्सी हुदा छुराले भट्टराईकाे हातमा चोट लागेको छ। पक्राउ गरिएका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीमा लगेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुई जना प्रेमीप्रेमीका भएको खुलेको छ। दुवैबीच प्रेमसम्बन्ध रहेको र युवतीले धोका दिन खोजेको आशंकामा युवकले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी केसीले बताए। उनले भनेअनुसार हत्या गरिएकी युवती एक सातापछि अस्ट्रेलिया जाने तयारीमा थिइन्। अरु नै केटाहरुसँग लागेर धोका दिँदै अष्ट्रेलिया जान खोजेका कारण आफूले हत्या गरेको बयान भट्टराईले प्रहरीलाई दिएका छन्। भट्टराईले भने, ‘केही दिनदेखि शिखा अरुनै केटाहरुँंग लागेको चाल पाएँ। त्यसपछि मौका छोपेर एकान्त ठाउँमा लगेर हत्या गरेको हुँ।’ युवतीको अनुहार, घाँटी, पेटमा धारिलो हतियार दाउ प्रहार गरेर विभत्स ढंगले हत्या गरिएको प्रहरीले जनाएको छ। एसपी केसीले भने, ‘धेरैतिर धारिलो हतियार प्रहार गरिएको कारण शव चिन्न सक्ने अवस्थामै थिएन।’ प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र उनीहरु चढेर गएको को १७ प १७२३ नम्बरको स्कुटर बरामद गरेको छ। देशसंचार डटकममा समाचार छ ।

images
प्रकाशित मिति :भाद्र १, २०७५ शुक्रवार - १९:१८:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend