Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

बिर्सिन्छु भन्दा आँसु बगी, गालामा पो टाटो भयो ।- गोम बिक्रमका ५ प्रेमील मुक्तकहरू

बिर्सिन्छु भन्दा आँसु बगी, गालामा पो टाटो भयो ।- गोम बिक्रमका ५ प्रेमील मुक्तकहरू

सतीश चापागाईं

१६, जेठ २०७६
images
मुक्तक -१ तिम्रो मुहारमा लाली, गुराँस फूलेछ खुशीको मुस्कान पनि, त्यसैमा खुलेछ मायामा अल्झेर हो या, मोहनीमा बल्झेर हो? पापी यो मन त्यहीं, गुराँसमा भुलेछ । मु्क्तक -२ मेनका भनूँ या उर्वशी, न सुहाउँद‍ो उपमा भेट्छु ? सँगको जोडी भनाउँदो, खाडीको चर्को धूपमा भेट्छु प्रयोगवादी हुँदै गैछ्यौ, सबको मन छुँदै गैछ्यौ तिम्लाई हेरे नेटमा पनि, अचेल नौला रुपमा भेट्छु । मुक्तक- ३ वशमा पारी सौन्दर्यको, दिलै चोरेर लग्यौ सानू जालमा छाडी माछी यता, आफू अन्तै बग्यौ सानू नफुत्किने गरी अड्काएर, सधैभरी तड्पाएर हिसाबै नराखी मायाको, ठग्नुसम्म ठग्यौ सानू । मुक्तक -४ तिम्रो घरमा छिरे पछि, एक सुरूप त पारूँ लाग्छ तिम्रो बिन्ति अनुरोधलाई, व्यर्थै कति टारूँ लाग्छ यता ज्यानमा तुल्बुली छ, उता मनमा खुुल्दुली छ कहिलेकाहीँ छेक्न खोज्ने, साँदी समेत सारूँ लाग्छ । मुक्तक- ५ हामी दुईको सम्बन्धमा, जहिलेदेखि फाटो भयो उहीँ गन्तव्य मोडिएर, हिँड्ने अलग बाटो भयो मेटेर अतीत नमेटिने, भेटूँ त फेरि नभेटिने बिर्सिन्छु भन्दा आँसु बगी, गालामा पो टाटो भयो । ✍ गोम बिक्रम कल्लाबारी, पाल्पा । २०७६ जेठ १६

images
प्रकाशित मिति :जेठ १६, २०७६ बिहिवार - १८:५३:५४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend