Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मुक्तककार सिताराम खड्काका ५ चोटिला मुक्तकहरू

मुक्तककार सिताराम खड्काका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

२७, जेठ २०७६
images
मुक्तक -१ आफ्नो जीवन गुजार्नकै निम्ति घर छाडी परदेश आएँ गास, बास, कपास उतार्नकै निम्ति घर छाडी परदेश आएँ बर्षौदेखी हजारौँ आभावहरु खेप्दै आएको परिवारमा खुसीका पालुवा उमार्नकै निम्ति घर छाडी परदेश आएँ । मुक्तक -२ कहिले लिएर सकिन्छ कहिले दिएर सकिन्छ यसरी नै आफ्नो जिन्दगी सम्झिएर सकिन्छ घाम-पानी जस्तै रहेछ यिनै मनका खुसीहरू कहिले खडेरीमा कहिले शीतमा उभिएर सकिन्छ । मुक्तक -३ आँखाभित्र आँसुको छुट्टै कथा देखियो बयान दिँदा बिचरीको ठूलै पीडा देखियो आँखा चिम्लेर कसैलाई विश्वास गर्नुको तीन महिना नपुग्दै गर्भमा नतिजा देखियो मुक्तक -४ यहाँ देशमा नीति-नियम फितलो हुँदै गएकोछ हत्या, हिंसा र बलात्कारको थलो हुँदै गएकोछ भन्छन् काटमार बली-प्रथा महाअपराध हो हेर्नुहोस् जताततै उसैको भलो हुँदै गएकोछ । मुक्तक -५ मेरो मुटु जलाएर जाने भए जाऊ बैगुनी आँधी-हुरी चलाएर जाने भए जाऊ बैगुनी वृक्ष बनी तिमीलाई शितल छहारी दिँदा फेदै काटी ढलाएर जाने भए जाऊ बैगुनी । रामेछाप मन्थली न.पा. -१० चनखू हाल : भारत । - सिताराम खड्काका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २७, २०७६ सोमवार - १०:५४:४३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend