Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

मुक्तककार मीना चौलागाईंका ५ चोटिला मुक्तकहरू

मुक्तककार मीना चौलागाईंका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

२७, जेठ २०७६
images
मुक्तक -१ सुखमा साथ दिने हजारौँ साथी छन् मेरा दु:खमा रमिता हेर्ने भगवान माथि छन् मेरा एक्लै देखेर मलाई खुशी नहुनु कोही पनि, पछाडी हेर्नु पिर व्यथाका ताँती छन् मेरा ! मुक्तक -२ आफू कारण बनेर कोही कसैको खुशी नहर्नू आफ्नो समय कटाउन अरुलाई प्रयोग नगर्नू पराइ हौ भने आपसमा दूरी रहेकै राम्रो हुन्छ, बनावटी आफ्नोपन देखाएर नजिक नसर्नू । मुक्तक -३ पहिले शिखर चढाएर झार्ने बानी रै'छ स्वार्थ पूरा नभइन्जेल हार्ने बानी रै'छ चौतारीमा सयौँ दिन-रात कुराएर राख्ने, अनि भोलि भन्दै भाका सार्ने बानी रै'छ ! मुक्तक -४ मित्रताको मामिलामा बलियो धागो बन्न सकूँ अन्यायको विरुद्धमा बल्दो आगो बन्न सकूँ चाहना छ नदुखाऊँ तिम्रो कोमल मन कहिल्यै, तिमी रापमा हुँदा शितल दिने हाँगो बन्न सकूँ ! मुक्तक -५ भगवानको भक्तिभन्दा कर्मको भजन नै मन पर्छ स्यालको हुँहुँ भन्दा पनि बाघको गर्जन नै मन पर्छ मनपर्छ मलाई सत्यताको बाटो भीर पहराभए पनि, बेइमान हजार मित्रभन्दा एक सज्जन नै मन पर्छ ! पाँचखाल न. पा.-६, काभ्रे । - मीना चौलागाईंका यी मुक्तक साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २७, २०७६ सोमवार - १३:४५:३९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend