Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

कांग्रेसले दोस्रो चरणअघि सबै संरचना बनाउने, ३३ देशका जनसम्पर्क समितिहरुको प्रतिनिधि भेला डेनमार्कमा हुने 

कांग्रेसले दोस्रो चरणअघि सबै संरचना बनाउने, ३३ देशका जनसम्पर्क समितिहरुको प्रतिनिधि भेला डेनमार्कमा हुने 

सतीश चापागाईं

३०, जेठ २०७६
images
    रामकृष्ण चापागाईँ, काठमाडौं नेपाली कांग्रेसले भदौ २४ गतेदेखि शुरु हुने जागरण अभियानको दोस्रो चरण प्रवेशपूर्व नै संविधान र पार्टीको संशोधित विधानबमोजिमको सम्पूर्ण संरचना बनाउने भएको छ ।   उक्त अभियानबारे जानकारी दिन बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व प्रकाश शर्माले उक्त जानकारी दिनुभएको हो ।   कांग्रेसको संघीय संरचनाअनुसार संशोधित विधानमा तल्लो तहमा पनि कार्यसम्पादन समितिलगायत अन्य समिति बनाउनुपर्नेछ । उक्त अभियानका क्रममा कार्यकर्ताले तल्लो तहको अधिवेशन छिटो गर्नुपर्ने सुझाव दिएका थिए । काँग्रेसले विधानअनुसार केन्द्रीय विभागहरु पनि गठन गरेको छैन ।   पहिलो चरणअन्तर्गत ‘एकमहिने हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सम्पन्न गरेको कांग्रेसले उक्त चरणमा आम कार्यकर्ताले विधानअनुसार पार्टी संरचना नबनाइएकाले नेतृत्वको चर्को आलोचना गरेका थिए ।   कांग्रेसको विधानमा टोल, गाउँ÷नगर वडा, गाउँपालिका÷नगरपालिका÷उपमहानगरपालिका र महानगरपालिका, प्रदेश क्षेत्रीय, प्रतिनिधिसभा क्षेत्रीय र प्रदेश कार्यसमिति हुनुपर्ने उल्लेख छ । प्रथम चरणको एक महिनामा जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरीय कार्यक्रम, भेला र गरी २ हजारभन्दा बढी कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा पार्टीका शुभचिन्तक, बुद्धिजीवी, व्यवसायी सहभागी भएका थिए । यस्तै विदेशस्थित जनसम्पर्क समितिमार्फत पनि अभियानका उद्देश्यहरु सम्प्रेषण भएको प्रवक्ता शर्माको भनाइ थियो ।   उहाँले सरकारको अधिनायकवाद–उन्मुख गतिविधिले बढाएको तीव्र असन्तुष्टि जागरणमार्फत देशव्यापी रुपमा प्रकट भएको दावी गर्नुभयो । प्रवक्ता शर्माले प्रथम अभियानम्ँ देशभरिब्ँट ३१ हजार ६ सय ४२ मानिस कांग्रेसमा प्रवेश गरेको जानकारी दिनुभयो ।   दोस्रोचरण असोज ७ सम्म  कांग्रेसको जागरण अभियानअन्तर्गत दोस्रोचरणको कार्यक्रम असोज ७ गतेसम्म चल्ने र प्रथम चरणमा खटिएका केन्द्रीय प्रतिनिधिले असार १४ गतेभित्र लिखित प्रतिवेदन बुझाउनुपर्ने प्रवक्ता शर्माले बताउनुभयो ।   उहाँका अनुसार उक्त प्रतिवेदन केन्द्रीय समितिमा आएपछि प्रथम चरणको समीक्षा, अन्य आवश्यक समसामयिक मुद्दामा छलफल गरी निर्णय गर्न केन्द्रीय बैठक असार तेस्रो साता बोलाइने छ ।   पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संस्थाबारे यथाशीघ्र निर्णय गरिने बताउनुभयो ।   यस्तै केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पनि दोस्रो चरणपूर्व विभिन्न तहमा कार्यक्रम गर्ने भएको छ । साउनको पहिलो साता कांग्रेसका तर्फबाट जितेका देशभरिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुका लागि ‘सेवा, संगठन र समृद्धि’ नामक प्रशिक्षण दिइनेछ ।   सात प्रदेशका जिल्लालाई १४ फरक समूह बनाई १४ स्थानमा प्रशिक्षण दिइनेछ । साउन पहिलो साता प्रदेश १ को धनकुटा र कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण चलाइने छ ।   यस्तै नेपाली जनसम्पर्क समितिहरुका लागि यही जुन २१–२३ सम्म डेनमार्कमा ३३ देशका नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिको सहभागिता रहने प्रवक्ता शर्माले जानकारी दिनुभयो । नेपाल समाचापत्रबाट  

images
प्रकाशित मिति :जेठ ३०, २०७६ बिहिवार - २०:५८:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend