Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

साहित्यकार सर्बज्ञ वाग्लेको ‘बिग्रियो काँइला जुवा र तासैले’ नामक म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

साहित्यकार सर्बज्ञ वाग्लेको ‘बिग्रियो काँइला जुवा र तासैले’ नामक म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सतीश चापागाईं

४, आषाढ २०७६
images
    भिडियो हेर्न फोटोमा क्लिक गर्नुहोला साहित्यकार तथा सर्जक सर्बज्ञ वाग्लेले ‘बिग्रियो काँइला जुवा र तासैले’ नामक म्युजिक भिडियो सार्वजनिक गर्नु भएको छ । गितका रचनाकार स्वयम सर्बज्ञ वाग्ले हुनुहुन्छ भने सँगीत तथा स्वर नरेन्द्र प्यासीको रहेको छ । म्युजिक भिडियोमा सर्जक वाग्लेको आफ्नै अभिनय र खाका रहेको छ । उक्त भिडिओको प्रडक्सन,डायरेक्टर तथा क्यामरा मेन सागर रावलको रहेको छ । कन्चन्पुर जिल्ला घर भइ हाल अमेरिका बस्दै आउनु भएका चिरपरिचित साहित्यकार अनि समाजसेवी सर्बज्ञ वाग्ले रचना र प्रस्तुतीका साथ नयाँ गीत बिग्रियो काँइलो जुवा र तासैले  लिएर बजारमा आउनु भएको छ। उहाँका अनुसार प्रस्तुत गीत एउटा सामाजिक सन्देशमुलक तथा प्रेरणादायी गीत हो । सयौँ बर्षदेखि जनजिब्रोमा झुण्डिएको  नखेल्नु जुवा र तास ,धनको नास जीवनको वनवास  भन्ने जम्मा दुइ लाईनको गीतपछि यस्ता श्रृजना अहिलेसम्म नआएको तर आफूले नै हालै बजारमा ल्याएको सर्जक वाग्लेले बताउनु भयो । उहाँका अनुसार सात हजार वर्ष अगाडिको घटना महाभारत देखि अत्याधुनिक जुवाघर क्यासिनो हुँदै गाँउ घरसम्मको घटनालाई सुन्दर शब्दहरूले समेटिएको गीतले पक्कै पनि हाम्रो समाजमा बर्षौदेखि जकडिएर रहेको कुरिती र सुसंस्कारलाइ न्युनिकरण गर्न प्रस्तुत गित सहयोगी हुने अपेक्षा गरिएको छ । उहाँका अनुसार म्युजिक भिडियोलाइ धेरैले मन पराइ सक्नु भएको छ भने धेरै श्रोता तथा दर्शकले आगामी दिनमा यस्तै सन्देशमुलक श्रृजना गर्न पनि सुझाव दिनु भएको छ । सर्वज्ञ वाग्ले हालै सम्पन्न एनआरएन अमेरिकाको निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचन हुनु भएको छ भने विगत एक दशकदेखि अमेरिकामा बस्दै भाषा,साहित्य,समाजसेवा र कल्चर तथा विभिन्न विधामा सक्रियपूर्वक लाग्दै आउनु भएको छ । यसका साथै यस अगाडि पनि सर्जक वाग्लेले युधिष्ठिर, जुवाघर, साँढे र क्यासिनोलागयतका कथा सँग्रह प्रकाशन गरिसक्नु भएको छ भने कैयन कविता र गीतसमेत सार्वजनिक गर्नुभएको छ । यी र यस्तै विषयवस्तुलाइ समेटेर निकट भविष्यमा बृहत उपन्यासको तयारी भइरहेको पनि उहाँले बताउनु भयो । उक्त संदेसात्मक गितलाई स्वरका धनी नरेन्द्र प्यासीले दिनु भएको छ भने सागर रावलको क्यामरा डाईरेक्सनमा छायांकित भएको हो । त्यसैगरि लेखक सर्बज्ञ वाग्लेको बुबा आमाको भुमिकामा आफ्नै बुबा रामचन्द्र वाग्ले,आमाको भुमिकामा आफ्नै आमा मधुमाया वाग्ले हुनुहुन्छ भने अन्य कलाकारहरू उमंगा रानाभाट, तुलसी चौलागाई लगायत अन्य कलाकारको पनि महत्वपूर्ण भुमिका थियो । भिडियो हेर्न माथिको फोटोमा क्लिक गर्नुहोला

images
प्रकाशित मिति :आषाढ ४, २०७६ बुधवार - २०:५४:०९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend