Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

कान्तिपुर ओभरसिजमा रोजगार विभागको छापा

कान्तिपुर ओभरसिजमा रोजगार विभागको छापा

सतीश चापागाईं

३, भाद्र २०७५
images
काठमाडौँ-वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने सामाखुशीस्थित कान्तिपुर ओभरसिज सर्भिस प्रालिमा आइतबार छापा मारेको छ। उक्त मेनपावरले पूर्वस्वीकृति नलिई कतार पठाइदिने भन्दै प्रतिव्यक्ति रु एक लाखसम्म असुल गरी अन्तरर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा छापा मारेको विभागका निर्देशक उद्धवबहादुर रिजालले जानकारी दिए। विभागले उक्त मेनपावरको गतिविधि शङ्कास्पद देखिएको भन्दै सम्पूर्ण कागजात नियन्त्रण लिई कामकारवाहीमा रोक लगाएको छ।  

images
प्रकाशित मिति :भाद्र ३, २०७५ आइतवार - २१:३७:५६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend