Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

कस्को 'जिन्दगी' कस्तो ? (५ स्रष्टाका ५ मुक्तक)

कस्को 'जिन्दगी' कस्तो ? (५ स्रष्टाका ५ मुक्तक)

सतीश चापागाईं

११, आषाढ २०७६
images
कस्को 'जिन्दगी' कस्तो ? (५ स्रष्टाका ५ मुक्तक)

मुक्तक -१

कुनै तृष्णा र प्यासको कुरा नगर
कृत्रिम खुशी र मिठासको कुरा नगर
संघर्षको अर्को नाम हो जिन्दगी
दया, स्नेह र उपहासका कुरा नगर ।

- शारदा घिमिरे भैल
बनेपा न. पा .- ५ काभ्रे

 

मुक्तक -२

कर्कलाको पातको पानी हो जिन्दगी
निभेको चिताको खरानी हो जिन्दगी
उत्खनन गर्न सके हिरा पनि भेटिएला
नसके त विकारको खानी हो जिन्दगी ।
- सबु धिमाल धुलीखेल, काभ्रे ।

 

मुक्तक -३

कहीँ खडेरीमा छ त कहीँ सिमसारमा जिन्दगी
कही बिरहमा छ त कही मिठो प्यारमा जिन्दगी
समयको गतिसँगै हुइकिनु पर्छ यहाँ सबैलाई
कहीं पतझडमा छ त कहीँ बहारमा जिन्दगी ।

- मोहन खड्का " प्यासी" महालक्ष्मी नगरपालिका -४ चानुवा नम्फु धनकुटा ।
हाल : किर्तीपुर नयाँ बजार

मुक्तक -४
आगो रोष र क्रोध हो हृदयको आगै न हो जिन्दगी
आगो भोक र तृप्ति हो प्रणयको आगै न हो जिन्दगी
औधी कोमल यै कठोर पनि यै सौभाग्य दुर्भाग्य यै
आगो सृष्टि र ध्वंस हो समयको आगै न हो जिन्दगी ।

- अमर त्यागी
गजल गुँड कलैया, बारा
हाल : बेटोनडोर्फ, आइवा, अमेरिका ।

 

मुक्तक - ५

स्वीकार्नुपर्छ परिस्थिति, एक घटक रहेछ जिन्दगी
सयौं जुनी चाहे नि पाइने, एक पटक रहेछ जिन्दगी
थाहै नपाई बितिहाल्छ, बिबशताले जितीहाल्छ
जन्म अनि मृत्यु बीचको, एक चटक रहेछ जिन्दगी ।

- गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
२०७६ असार ५

(यी मुक्तकहरु नेप्लिज डायस्पोराका साहित्य पेजका सम्पादक गोम बिक्रमले संकलन गर्नु भएको हो। - सम्पादक।)

images
प्रकाशित मिति :आषाढ ११, २०७६ बुधवार - १९:१७:४५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend