Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

ढकमक्क नै फूलेर आउँछ तिम्रो याद प्रिय -मोहन खड्का 'प्यासी' (५ मुक्तकहरू)

ढकमक्क नै फूलेर आउँछ तिम्रो याद प्रिय -मोहन खड्का 'प्यासी' (५ मुक्तकहरू)

सतीश चापागाईं

१५, आषाढ २०७६
images
मुक्तक -१ जो आफ्ना थिए यो मुटु चिरेर गए मेरो गुनको पैंचो बैगुनले तिरेर गए जो पुज्य बनी बसेका थिए दिलमा आज आफ्नै नजरमा पो गिरेर गए। मुक्तक - २ सोचै-सोचमा नै बित्छ दिन आजभोली निराशा मात्र नै लाग्छ किन आजभोली समयले हो कि वा पिरले हो थाहा छैन खुशी छैन मेरो मन एकछिन आजभोली । मुक्तक - ३ तिमी आयौ जिन्दगीमा जून पनि चाहिएन टल्कने त्यो हिरा-मोती सुन पनि चाहिएन सरगम भरिएकी सुवासिली छौ तिमी नै मीठो राग तिमी नै अर्को धुन पनि चाहिएन । मुक्तक -४ माग्नै परे नि ईश्वरसँग म त मन माग्छु सधैं भरी स्वच्छ र स्वस्थ म त तन माग्छु रित्तै जन्मिएर रित्तै मर्ने न हो यो चोला बरु स्वतन्त्र र सुन्दर म त जीवन माग्छु । मुक्तक -५ नशा नशा घुलेर आउँछ तिम्रो याद प्रिय डाँडा-काँडामा डुलेर आउँछ तिम्रो याद प्रिय जब एकान्तमा टोलाएर बसेको हुन्छु अनि ढकमक्क नै फूलेर आउँछ तिम्रो याद प्रिय । महालक्ष्मी नगरपालिका -४ चानुवा नाम्फु, धनकुटा । हाल : कीर्तिपुर, नयाँ बजार । (✍️ -मोहन खड्का 'प्यासी'का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ १५, २०७६ आइतवार - ०९:२२:४६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend