Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

समाजवादी पार्टी अमेरीका तीर विस्तार

समाजवादी पार्टी अमेरीका तीर विस्तार

सतीश चापागाईं

४, श्रावण २०७६
images
एमाले र माओवादीको एकता कोदो र तोरीको मिसावट जस्तै हो/कोदो मात्र भए त्यसको रोटी ,ढिडो अर्थात जाँड बनाउन मिल्छ तोरी बाट तेल निकाल्न सकिन्छ/तर कोदो र तोरीको मिसावट हेर्दा उस्तै भए पनि यस बाट न त तेल न त रोटी ढिडो नै बनाउन मिल्छ-वरिस्ट नेता अशोक राइ| -सुरेश चाम्लिङ्ग उहाले उक्त कुरा संघीय समाजवादी फोरमको भात्री संगठन नेपाली संघीय समाज अमेरिका र नया शक्ति पार्टीको अन्तर रास्ट्रिय नेपाली समाज लाइ एकीकरण गरि बनेको "नेपाली समाज अमेरिका" को बिस्तारित भेला लाइ बोस्टनमा सम्बोधन गर्दै बताउनु भएको हो | उहाले कोदो र तोरीको मिसावटको दुइ तिहाइ सरकारबाट नेपाली जनताले न रोटी ढिडो न तेल नै पाउछन् अर्थात बिकाश ,स म्व्रिद्दि यो सरकार बाट सम्भव छैन भन्नु भयो | संबिधान संशोधनको उदेश्यले प्रधानमंत्रीसंग दुइ बुंदे लिखित सम्झौता गरेर पार्टी सरकारमा गएको हो त्यसको पालना हुन्न भने हामी सरकारमा बस्नुको औचित्य छैन उहाले भन्नु भयो | संबिधानमा मौलिक हक सम्बन्धि धाराहरु अत्यन्त राम्रा छन्त | र पहिचान ,भाषा,धर्म जस्ता सवालमा यो संबिधानले विभेद गरेका छन्यो| संबिधान चौराशी व्यंजनमा झिंगा परेको जस्तो भएको छ | संविधान संशोधन गरेर हिमाल पहाड तराइ सम्पूर्ण जनताको भावनालाइ समेट्नु आजको आवस्यकता हो भन्नु भयो | यसको नेतृत्व अब समाजवादी पार्टी गर्छ भन्नु भयो| सोहि सभालाई संबोधन गर्नु हुदै समाजवादी पार्टी केन्द्रिय सदस्य शुशिला श्रेष्ठले विदेशमा बसेर दुख गरि रहनु भएको छ तर तपाई हरुको आवाज नेपालमा सुनिन्छ | त्यसो र गाउ घर तिर पार्टीको प्रचार यताबाट पनि गरि दिनु होला भन्नु भयो | सोहि भेला लाई एन आर एन अमेरिका पुर्व सभापति शिब कुमार राइ,नेपाली समाज न्यु योर्कका महासचिव लोक चेम्जोङ्ग,सदस्य केशब राम राई लगाएतले सम्बोधन गर्नु भएको थियो | उक्त भेलाले न्युहेम्प्शायर,म्यासाच्युसेट्स,कनेक्टिकट,भर्मन,मेन,५ वटा राज्य (जसलाई न्यु इंग्ल्याण्ड भनिन्छ )को समिति गठन गरेको छ | उक्त न्यु इंग्ल्याण्ड समिति सुरेश चाम्लिङ्गको अध्यक्षतामा गठन गरिएको छ | जसमा महा सचिव दिपक डंगोल,उपाध्यक्ष प्रकाश परियार, सचिव शेखर राई,सदस्य हरु चन्द्र राई,गीता श्रेष्ठ,भरत देवान,लगाएत रहेको एक तदर्थ समिति गठन गरिएको छ | वरिस्ट नेता अशोक राइको यो नै यस पटकको अमेरिकाको अन्तिम कार्यक्रम रहेको थियो | त्यसपछि उहा नेपाल फर्किनु भएको थियो | बोस्टन बाट    

images
प्रकाशित मिति :श्रावण ४, २०७६ शनिवार - ०९:४६:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend