Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सम्बन्ध सुधारको सेतुको रुपमा काम गर्ने अवैतनिक वाणिज्यदूतहरुको प्रतिबद्धता

सम्बन्ध सुधारको सेतुको रुपमा काम गर्ने अवैतनिक वाणिज्यदूतहरुको प्रतिबद्धता

सतीश चापागाईं

७, श्रावण २०७६
images
  ७ साउन, काठमाडौँ । नेपालस्थित विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूले आफूहरूलाई नियुक्त गर्ने राष्ट्र र नेपालसँगको सम्बन्धलाई सुमधुर तुल्याउन सेतुका रुपमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।   नेपालमा राजदूतावास नभएका ४६ देशका अवैतनिक वाणिज्यदूतहरूले आफूले प्रतिनिधित्व गरेको देश र नेपालका साझा चासो र हितका विषयलाई केन्द्रमा राखेर काम गर्ने दृढता व्यक्त गरे ।   राजधानीमा आज भएको अनरेरी कन्सुलर कप्र्स नेपाल (एचसिसीएन)को १२औँ वार्षिक साधारणसभामा उनीहरुले नेपालको पर्यटन एवं गरिमा प्रवद्र्धनमा दत्तचित्त भएर लाग्ने बताए ।   सो अवसरमा परराष्ट्र सचिव शङ्करदास वैरागीले परस्पर निर्भर एवं परस्पर सम्बद्ध वर्तमान विश्वमा सहकार्य र साझेदारीका माध्यमबाटै वाञ्छित लक्ष्य हासिल हुने भएकाले वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ परिकल्पना साकार पार्ने दिशामा सक्रिय सहयोगको अपेक्षा आफूले गरको बताए ।   साधारणसभाले दक्षिण अफ्रिकाका अवैतनिक वाणिज्यदूत प्रदीपकुमार श्रेष्ठलाई एचसिसीएनको डीनमा चयन गरेको छ । विगत १७ वर्षदेखि उनी उक्त देशको वाणिज्यदूत छन् । त्यसैगरी १२ वर्षदेखि मोरक्कोका अवैतनिक वाणिज्यदूतको जिम्मेवारी निर्वाह गरिरहेका उद्योगपति वसन्तकुमार चौधरी भाइस डीन चुनिएका छन् ।  

images
प्रकाशित मिति :श्रावण ७, २०७६ मंगलवार - १५:००:४१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend