Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कमजोरलाई संस्था सुम्पन्न, परे आफै अगाडी आउंछु -भवन भट्ट

कमजोरलाई संस्था सुम्पन्न, परे आफै अगाडी आउंछु -भवन भट्ट

सतीश चापागाईं

१२, श्रावण २०७६
images
  एनआरएनएका अध्यक्ष भवन भट्टले आफु संस्थामा फेरी आउन सक्ने संकेत घुमाउरो पारामा गरेका छन् । आगामी कार्यकालको लागि अध्यक्ष पदमा नउठ्ने प्रचार गर्ने भाषाको एउटा भिडियो सार्बजनिक भएपनि यसको गुदी आसय भने अब पनि सजिलै नछोड्ने भन्ने नै हो । होइन भने यतो राम्रो टिम र सबै सक्षम एनआरएन भएको ठाउँमा कम्जोर मान्छे कसरी आउछ ? सहि मान्छेलाई नेतृत्व सुम्पन्छु भन्नु मनासिव हो तर त्यस्तो भएन भने ब्याक सीटबाट आएर आफै ड्राइभर सिटमा आउछु भन्नु युक्ति संगत देखिदैन । यसको मतलव संसारभरबाट आएका डेलिगेटहरुको क्षमतामाथि कै प्रश्न चिन्ह हो । हालै एक फेसबुक लाईभ मार्फत उनले आफ्ना भनाई सार्बजनिक गरेका हुन् । फेसबुकमा सार्बजनिक भएको भिडियोमा धेरै राम्रा प्रसंग उठाएका पनि छन् । आफ्नो कार्यकालमा एनआरएनएले गरेका प्रगति विवरण राम्रो नै मान्नु पर्छ । पद बिना पनि झन् सक्रिय हुन्छु भन्ने प्रतिबद्धतालाई सकारात्मक नै लिन सकिन्छ । भवन भट्ट अब चुनाव लड़दैन भनेर भट्टले जुन उदारता देखाएका त्यसलाई भने सलाम नै गर्न सकिन्छ । तर, वा र अथवा जोडेर भनिएका अरु प्रसंगले तातिरहेको चुनावी गर्मीको तापक्रम ह्वात्तै बढेको छ । र यो भिडियोको उद्देश्य देखाउन र भन्न खोजेकोभन्दा फरक छ भन्ने आशंका बढेको छ । उनको कुरा सिधै बुझ्ने कि आसय ? यस बिषयमा ब्यक्तिपिच्छे फरक धारणा हुन सक्छ ।

images
प्रकाशित मिति :श्रावण १२, २०७६ आइतवार - १२:५०:३४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend