Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एनआरएनए आईसीसीको “पहिलो ग्लोबल नेपाली हेल्थ कनफरेंस” सेप्टेम्बरमा एटलान्टामा हुने

एनआरएनए आईसीसीको “पहिलो ग्लोबल नेपाली हेल्थ कनफरेंस” सेप्टेम्बरमा एटलान्टामा हुने

सतीश चापागाईं

१८, श्रावण २०७६
images
  गैर-आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदको ‘ग्लोबल हेल्थ एण्ड हाईजीन कमिटी’ को संयोजनमा अमेरीकाको एट्लान्टा शहरमा ‘पहिलो ग्लोबल नेपाली हेल्थ कन्फरेंस’ हुन लागेकोछ। यहि 20-22, सेप्टेम्वर, २०१९ मा हुनलागेको सो कन्भेन्सनको लागि एनआरएनए ग्लोबल हेल्थ एण्ड हाईजीन कमिटीका संयोजक डा. संजीव सापकोटाको संयोजकत्वमा एउटा मुख्य आयोजक कमिटी र बिभिन्न उपसमितीहरू गठनगरिएको छ। संसारको बिभिन्न देशमा बस्ने नेपाली स्वस्थ्यकर्मी र एनआरएनए अभियन्ताहरू समाबेश गरेर गठन गरिएको उक्त समिति र उपसमितीहरूले आफ्नोकाम द्रूत गतिले गरिरहेकाछन्। संसारभरी छरिएर रहेका स्वास्थ्यकर्मीहरूले आफूले गरेका अनुसन्धनात्मक कामहरूलाई कसरी नेपालको परिवेशमा उपयोग गर्न सकिन्छ भनेर सो सम्मेलनमा बृहत् छलफल गरिनेछ। सो सम्मेलनबाट निस्केका निश्कर्षहरूलाई “एट्लान्टा स्वेतपत्र” मार्फ़त नेपाल सरकारको स्वास्थ्य मन्त्रालय र नेपालका बिभिन्न बिश्वबिध्यालयका स्वास्थ्य संकायहरूलाई बुझाईनेछ जसले नेपालको स्वास्थ्य सम्बन्धी नीति, योजना तथा रणनीतिहरू तयगर्न सहयोग मिल्नेछ। बिदेशमा सिकेका स्वास्थ्य सम्बन्धी ज्ञान, अनुभव र प्रबिधीहरूलाई कसरी नेपालको हितमा उपयोग गर्न सकिनेछ भनेर सो सम्मेलनमा बिशेषज्ञहरू एवं एनआरएनएका अभियन्ताहरूसंग बृहत् छलफल हुनेछ भनेर सो कन्भेन्सनका संयोजक डा. सापकोटाले बताउनुभएकोछ। सो सम्मेलनमा स्वास्थ्य संग सम्बन्धित आफ्नो कार्यपत्र प्रस्तुत गर्न चाह्ने महानुभावहरूलाई [email protected] मा ईमेल मार्फत आफ्नो एबस्ट्र्याक्ट पठाउन अनुरोध गरिसकिएको कुरा साईन्टिफिक कमिटीका चेयर सत्य नारायण चौधरीले बताउनुभयो। चौधरीका अनुसार नेपालको स्वास्थ्य नीतिलाई परिमार्जन र दीगो बनाउन सहयोग मिल्ने खालका ब्यक्तिगत तथा सामुदायिक स्वस्थ्यसंग सम्बन्धित मौलिक अनुसन्धनात्मक कार्यपत्रहरूलाई बिशेष प्रार्थमिकता दिईनेछ। स्वास्थ्यसंग सम्बन्धित कुनै बिशेष शिर्षकमाथि लेखिएको बिशुद्ध बैज्ञानिक कार्यपत्रलाई उपस्थित जनसमुदायलाई मध्यनजर गर्दै सरलभाषामा नेपालको परिप्रेक्षमा मिल्नेगरी उक्त अनुसन्धानलाई प्रस्तुत गर्न प्रस्तोताहरूलाई अनुरोध गरिनेछ। कार्यपत्र प्रस्तुतिको लागि हरेक ब्यक्तिलाई १० मिनेट र प्रश्नोत्तरकोलागि थप ५ मिनेट छुट्याईनेछ। उक्त कार्यक्रममा स्वास्थ्यसंग सम्बन्धित बिशेषज्ञहरूको प्यानल डिस्कसन पनि हुनेछ। स्वास्थ्य सम्बन्धी बिषयगत छलफलका अतिरिक्त सो कार्यक्रममा सामान्य हेल्थ चेकअप, ल्याब टेस्ट, योग, ताईची, मेडिटेसन, रनिंग, वाकिंग, माउन्टेन हाइकिंग, सीपिआर/एईडी तालिम आदिको पनि आयोजना गरिनेकुरा सो सम्मेलनको उपसंयोजक गोबिन्द श्रेष्ठले बताउनुभयो। सो सम्मेलनको लागि Courtyard by Marriott Atlanta Northlake ( 3973 Lavista Rd, Tucker, GA 30084) मा तपाईले $99 मा (Breakfast सहित) आफ्नो होटलको रूम बुक गर्न सक्नुहुन्छ। होटलको फोन नम्बर 770-938-1200 मा फोन गरेर Global Nepali Health Conference/Expo को ग्रूप रेटमा आफ्नो रूम बुकिंग गर्न सकिन्छ (होटेल बुकिंग लिंक एक वा दुई दिनमै उपलब्ध हुनेछ)।सम्मेलनको मुख्य कार्यक्रम भने Greater Atlanta Vedic Temple (492 Harmony Grove Rd., Lilburn, Georgia,30047) र Nepali Cultural Center (3951 Pleasantdale Rd, Unit 202 Atlanta, GA 30340) मा हुनेछ। एटलान्टा बाहिरबाट आउने महानुभावहरूले Hartsfield–Jackson Atlanta International Airport मा आफ्नो प्लेनको टिकट बुक गर्न सक्नुहुनेछ। सो पहिलो नेपाली हेल्थ कन्फरेंसलाई सफल बनाउन एनआरएनए एनसीसी अमेरीका, अमेरीकन सरकारको सेन्टर फ़ोर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (CDC), सोसाईटी अफ अमेरीकन नेपलीज नर्स (SANN), ब्लड डोनर्स अफ अमेरीका, नेपाली कल्चरल सेन्टर (NCC) एटलान्टा, नेपलीज एसोसिएशन अफ जर्जिया (NAG) लगायतका संघसंस्थाहरूले सहयोग गरिरहेकाछन्। धेरै भन्दा धेरै सहभागिहरू र कार्यपत्र प्रस्तोताहरूलाई सो ग्लोबल नेपाली हेल्थ कन्फरेंसमा भागलिनहुनको लागि अनुरोध गरिन्छ।

images
प्रकाशित मिति :श्रावण १८, २०७६ शनिवार - १७:२५:५३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend