Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकाको टेक्सासको एउटा सपिङ्ग सेन्टरमा गोलि चल्यो, मर्नेहरुको संख्या खुलेको छैन

अमेरिकाको टेक्सासको एउटा सपिङ्ग सेन्टरमा गोलि चल्यो, मर्नेहरुको संख्या खुलेको छैन

सतीश चापागाईं

१८, श्रावण २०७६
images
बाल्टिमोर, अमेरिका अमेरिकाको टेक्सासको एउटा सपिङ्ग सेन्टरमा गोलि चल्दा केहि मानिसहरु मरेको खबर प्राप्त भएको छ । मारिनेहरुको संख्या अहिलेसम्म सार्बजनिक गरिएको छैन । अपुष्ट जानकारी अनुसार १९ जनाको मृत्यु भएको बुझिएको छ । टेक्सासको 'एल पासो' नगरमा यो घटना भएको हो । बिहान १० बजेको हाराहारीमा उक्त काण्ड भएको थियो । स्थानीय वाल मार्ट र अर्को एउटा सपिङ्ग सेन्टरमा उक्त गोलि काण्ड भएको प्रहरीले सार्बजनिक गरेको छ । २३ जनाभन्दा बढी घाईतेलाई अस्पताल लगिएको पनि जानकारीमा आएको छ । कतिपय घाइतेहरु आफै अस्पताल गएको कारण अहिले नै पुरै विवरण आउन नसकेको प्रहरी प्रमुखले बताएका छन् । प्रहरीले २० बर्षे सेतो बर्णको एक युवालाई पक्राउ गरेको पनि सार्बजनिक गरेको छ ।

images
प्रकाशित मिति :श्रावण १८, २०७६ शनिवार - १८:२४:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend