Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

प्रदेश नम्बर ३ का सदस्यहरु बिशाल खडका र आंगडेन्डी लामाको न्यु योर्कमा स्वागत

प्रदेश नम्बर ३ का सदस्यहरु बिशाल खडका र आंगडेन्डी लामाको न्यु योर्कमा स्वागत

सतीश चापागाईं

२०, श्रावण २०७६
images
अगष्ट ३ तारिख शनिवार प्रवासी नेपाली एकता मंच अमेरिकाको उत्तरपूर्वी क्षेत्रिय कमिटिको आयोजनामा न्युयोर्कको ट्याङ्ग्रा मसला रेस्टुरेन्टमा नेपालको प्रदेश नम्बर ३ का सदस्यहरु बिशाल खडका र आंगडेन्डी लामाको स्वागत तथा वहाँहरुसंग अन्तरक्रिया सम्पन्न भयो | प्रवासी नेपाली मंच अमेरिका र जनप्रगतिशील मंच अमेरिकाको एकताले जन्माएको उक्त सँस्थाका उत्तरपूर्वी क्षेत्रका अध्यक्ष टेक गुरुङको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा दुइ संगठन एकता कार्यदलका सदस्य यम लामा तथा राधाकृष्ण देउजाले यहाँको अवस्थाको बारेमा प्रकाश पार्नु भएको थियो भने नेपालबाट आउनु भएका अतिथि साँसदहरुले नया सोच, विचार र दृष्टिकोण सहित नेपाल फर्कन नेपालीहरु तयार रहनु अनि नेपाल सरकारले पनि प्रवासी नेपालीहरुलाइ लगानीको सुरक्षाको अलावा अपनत्व पनि दिन सक्नु पर्छ भन्नु भयो l कार्यक्रममा अतिथिहरुको स्वागत सँस्थाका नेताका कृष्ण आचार्यले गर्नु भएको थियो भने आगन्तुकहरु सबैलाइ धन्यवाद न्युयोर्कको अत्यन्त सम्मानित अग्रज तथा सँस्थाकि वरिष्ठ व्यक्तित्व सिता खरेलले गर्नु भएको थियो l कार्यक्रमको सम्पूर्ण खर्चको प्रयोजन सँस्थालाइ असाध्य माया गर्ने पद्मा प्रधानले गर्नु भएको थियो , वहाँलाइ आयोजकको तर्फबाट धन्यवाद दिइएको थियो ल कार्यक्रम समापन गर्दै अध्यक्ष टेक गुरुङले संगठनहरुको स्थापना र संचालन आपसी एकता र हितमा हुनुपर्ने , नेपाल वा जुनसुकै ठाउँमा बस्ने नेपालीहरुको हितको खातिर सहकार्य , ठिकको समर्थन बेठिकको विरोधनै आफ्नो र आफु आवद्ध संगठनको एक मात्रै लक्ष्य रहेको प्रष्ट पार्नु भयो l त्यसको अलावा गुरुङले न्युयोर्क आसपासका स्टेटहरु समेतमा सँस्थाको गतिविधि विस्तार गर्दै सेवा , सहकार्य र सकारात्मकताको अभिवृद्धिमा लाग्ने पनि बताउनु भएको थियो l

images
प्रकाशित मिति :श्रावण २०, २०७६ सोमवार - ०९:२९:४८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend