Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एनआरएनए मेरिल्याण्ड च्याप्टरले हजारौं अमेरिकनलाई नेपाल पठाउने योजना बनाउदै

एनआरएनए मेरिल्याण्ड च्याप्टरले हजारौं अमेरिकनलाई नेपाल पठाउने योजना बनाउदै

सतीश चापागाईं

३०, श्रावण २०७६
images
  तस्बिर: रमेश श्रेष्ठ एनआरएन अमेरिकाको मेरिल्याण्ड च्याप्टर र नेपालको होम स्टे एशोसियशन बीच नेपाल भ्रमण बर्ष २०२० मा हजारौं अमेरिकनलाई कसरी नेपाल पठाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको छ । मेरिल्याण्ड च्याप्टरका पदाधिकारीहरु र होम स्टे एशोसियशन नेपालका सल्लाहकार शिवजी श्रेष्ठका बीचमा अमेरिकाको बाल्टिमोरमा छलफल भएको हो । अमेरिकाको भ्रमणमा रहनु भएका श्रेष्ठले नेपालमा होम स्टेहरुले बिदेशी र स्वदेशी पर्यटकहरुलाई दिईरहेको आतिथ्यता र सुबिधाका बारेमा प्रकाश पर्नु भएको थियो । नेपाल सरकारको भ्रमण बर्ष २०२० सफल बनाउन विदेशमा रहेका नेपालीहरुको महत्वपूर्ण योगदान हुने भन्दै श्रेष्ठले एनआरएनए र देशभरका होम स्टेहरुबीच सहकार्य गर्न आफुले पहल गर्ने बताउनु भयो । सरकारको यो योजना सफल बनाउन एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरले बिबिध योजनाका साथ अगाडी बढेको संस्थाका अध्यक्ष डोलनाथ घिमिरेले जानकारी दिनुभयो । "हामी हजारौँ स्वदेशी र बिदेशी पर्यटक नेपाल पठाउन सक्छौं । त्यही योजनाका साथ अगाडी बढेका छौं ।" घिमिरेले छलफलपछि भन्नुभयो, "सरकार र सरोकारवाला निकायसंग हामी यसैगरी छलफल गरिरहने छौं ।" एनआरएनए मेरिल्याण्ड च्याप्टरले नेपाल भ्रमण बर्ष सफल बनाउन "आफु पनि नेपाल जाऔं, अरुलाई पनि पठाऔं" भन्ने मूल नारा सहित संस्थाका उपाध्यक्ष राजु पराजुलीलाई संयोजक तोकेर बिबिध कार्यक्रम अगाडी बढाएको छ । यो छलफल पनि यहि कार्यक्रम अन्तर्गत गरिएको संयोजक पराजुलीले बताउनु भयो । "हामीले यहाका अन्य संस्थाहरुलाई पनि भ्रमण बर्ष सम्बन्धि कार्यक्रम गर्न अनुरोध गरेका छौं । त्यही अनुरुप सामाजिक संस्थाहरुका कार्यक्रमहरू अगाडी आईरहेका छन।" पराजुलीले भन्नुभयो । पराजुलीले भन्नुभयो, "हामीले सबै नेपालीको सहभागिता हुने किसिमका योजनाहरु बनाइरहेका छौं । यो छलफलपछि संस्थाका सल्लाहकार र शुभचिन्तकहरुले मेरिल्याण्ड च्याप्टरले एउटा महत्वपूर्ण कार्यक्रम गरेको भन्दै प्रतिक्रिया दिनुभएको छ ।    

images
प्रकाशित मिति :श्रावण ३०, २०७६ बिहिवार - २१:३३:३० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend