Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एनआरएनको युएईमा मध्यपुर्व सम्मेलन हुँदै

एनआरएनको युएईमा मध्यपुर्व सम्मेलन हुँदै

सतीश चापागाईं

८, भाद्र २०७५
images
काठमाडौँ — मध्यपुर्व (खाडी) क्षेत्रमा कार्यरत नेपाली कामदारका सवालका बिषयमा छलफल गर्न गैरआवासीय नेपाली संघ (एनआरएन) को छैटौं क्षेत्रीय सम्मेलन बिहिवारदेखि संयुक्त अरव इमिरेट्स (युएई)को पर्यटकीय शहर दुवईमा हुदैछ । दुई दिनसम्म चल्ने यो सम्मेलनले घोषणापत्र जारी गर्नेछ । भदौ ८ र ९ गते हुने कार्यक्रममा सहभागी हुन कतार, साउदी अरव, कुवेत, बहराइन, ओमन र लेवनान लगायत १२ देशबाट प्रतिनिधि आउने युएईका अध्यक्ष रमेश श्रेष्टले वताए । सम्मेलनलाई उद्घाटन गर्न सरकारको तर्फवाट खानेपानी मन्त्री विना मगर युएई जाँदैछन् । कार्यक्रममा युएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयाँल, एनआरएनका पूर्व अध्यक्ष डा. उपेन्द्र महतो, अध्यक्ष भवन भट्ट र एनआरएन आइसीसीका पदाधिकारीको उपस्थिती हुने आयोजकले जनाएको छ । सम्मेलनको सम्पुर्ण तयारी पुरा भइसकेको अध्यक्ष श्रेष्ठले वताए । मध्यपुर्व संयोजक आरके शर्माले खाडी क्षेत्रमा कार्यरत नेपालीको सवाल निकै महत्व रहेकोले सम्मेलनमा महत्वपुर्ण बिषयहरुमा छलफल हुने वताए । कान्तिपुर

images
प्रकाशित मिति :भाद्र ८, २०७५ शुक्रवार - १८:४३:१९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend