Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

प्रस्तावित कालीगण्डकी डाईभर्सनले पार्ने असरका बिषयमा काठमाडौँमा बृहत अन्तरक्रिया

प्रस्तावित कालीगण्डकी डाईभर्सनले पार्ने असरका बिषयमा काठमाडौँमा बृहत अन्तरक्रिया

सतीश चापागाईं

१, भाद्र २०७६
images
  काठमाडौं : कालीगण्डकी डाईभर्सनले तल्लो क्षेत्रमा पानीका मुहानहरु सुक्दै जाने पाल्पा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । काठमाण्डौँको पुतली सडक स्थित न्युल्पाजामा सरोकारवालाको आयोजनामा शनिवार भएको डाईभर्सनको छलफल तथा अन्र्तक्रियाका कार्यक्रमका अवसरमा बोल्दै नगर प्रमुख थापाले कालीगण्डकीकै पानीले तल्लो क्षेत्र हराभरा भएको र डाईभर्सन गरेर पानी तिनाउ नदीमा लगियो भने तल्लो क्षेत्र मरुभुमी जस्तै हुने बताउनुभएको छ । “राम्दी देखी तलका क्षेत्र कालीगण्डकीकै कारणले हराभरा भएको छ, नदीलाई डाईभर्सन गरेको खण्डमा तल्लो क्षेत्र उजाड मरुभुमी जस्तै बन्नेछ, यसले वातावरण नै खल्बल्याउने हुदा नदीलाई आफ्नै बहावमा बग्न दिनुपर्छ” नगर प्रमुख थापाले भन्नुभयो । उहाँले नदी डाईभर्सनले तल्लो क्षेत्रमा के कस्तो असर गर्छ भन्ने बारेमा अध्ययन बिना नै डाईभर्सनको योजना अगाडी बढाउन नहुने बताउनुभयो । देश तथा विश्व सामु शालिग्राम पाइने नदीका रुपले परिचित बनेको कालीगण्डकी डाईभर्सन भएको खण्डमा तल्लो गण्डकीवेशीको धार्मिक, साँस्कृतिक सभ्यता नै खल्बलिन पुग्ने नगर प्रमुख थापाको भनाई छ । यसको बिरोधमा गत वैशाख ६ र ७ गते कालीगण्डकीमा बृहत नदी महोत्सव पनि गरियो । साथै नदी डाईभर्सनका बिरोधमा प्रदेश नम्बर पाँच र गण्डकी प्रदेशका तल्लो क्षेत्रका स्थानीय निकाय, सरोकारवाला निकाय बिच पनि बृहत छलफल र बहस पनि भइरहेका छन् । नदी डाईभर्सन बिरुद्ध राम्दी देखी तल्लो क्षेत्रका दश स्थानीय तहले एक्येबद्धता जनाउँदै आइरहेका छन् । पूर्व सचिव शान्तबहादुर श्रेष्ठले दोभानमा पावर हाउस बनाएर राम्दीबाट लगिएको पानीबाट ७७ किलोवाट क्षमताको विद्युत् उत्पादन गर्ने र त्यहाँबाट लगिएको पानी बेलहियामा लगेर ७० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने र बाँकी रहेको पानी सिंचाईका लागी प्रयोग गरिने योजना रहेको जानकारी गराउनुभएको छ । नेपाली कांग्रेस महासमिति सदस्य विजयराज घिमिरेले डाईभर्सनका बारेमा प्रभावित क्षेत्रका सांसदहरु संग दोस्रो चरणको छलफल गरिने जानकारी दिनुभयो । वातावरणविद् सिताराम कंडेलले नदी डाईभर्सन भएको खण्डमा हराभरा रहेका वन जंगल सुख्खा हुन जाने बताउनुभयो । धार्मिक तथा संस्कृतीविद् नारायण भण्डारी, इन्जिनियर मिनराज ढकाल, पूर्व सहसचिव मधुसुधन पोखरेल, डिएसपी कमल गैह्रे, पूर्व उपसचिव चडेश्वर आचार्य, पर्वत कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी पंगेनी लगायतले डाईभर्सनले पु¥याउने असरका बारेमा आ आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रमको संचालन पत्रकार अमृत अधिकारीले गर्नुभएको हो । (यो समाचार डटकमबाट साभार गरिएको हो । -सम्पादक)

images
प्रकाशित मिति :भाद्र १, २०७६ आइतवार - १९:१०:३३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend