-सुरेश चाम्लिङ्गन्यु हेम्प्शायर
हालै अमेरिकाको न्यु हेम्प्शयार राज्यमा आदिवाशी जनजाती महासंघ नेपाल इन अमेरिका (फिपना)न्यु हेम्प्शायर लोकल च्याप्टरले विश्व आदिवाशी दिवश भब्यताका साथ सम्पन्न गरेको छ । बिभिन्न आदिवासी जनजातीहरुको नाच, भेष भुषा र आदिवाशी पहिचान झल्कने अन्य कार्यक्रमहरु प्रस्तुत गरिएको उक्त कार्यक्रमको सभापति न्यु हेम्प्शायर लोकल च्याप्टर सभापति सुन्दरी गुरुङले गर्नु भएको थियो ।
त्यस्तै संयुक्त रास्ट्र संघका लागी नेपाली स्थायी प्रतिनिधी राजदुत अमृत राई प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रममा अन्य संघ संथाको प्रतिनिधी हरु हुनु हुन्थ्यो भने बिभिन्न महानुभावहरुले आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।
उक्त सभालाई संबोधन गर्नुहुदै राजदुत राईले अबको भावी नेपाली अमेरीकन पुस्ताले अमेरीकाको राजनीतीमा संलग्न हुनुपर्ने कुरा बताउनु भयो । उहाले सात समुन्द्र वारी, सपनाको देशमा आएर पनी नेपालीपन बचाउन भूमिका खेलेकोमा फिपना लाई धन्यवाद दिनु भयो ।अर्का वक्ता मिचीगन युनिभर्सिटीका प्रोफेसर डा महेन्द्र लावतीले बिस्वभरका आदिवाशीको समस्या उसतै रहेको हुँदा संयुक्त रास्ट्र संघले अगस्त ९ लाई विश्व आदिवाशी दिवश घोषणा गरेको हो । नेपाल सरकार यसको सदस्य रास्ट्र भएर पनि आदिवाशीहरुको अधिकारप्रती बेवास्ता गरेको उदाहरण अहिलेको लोकसेवा आयोग काण्ड हो भन्नु भयो । अन्य वक्ताहरुमा एनआरएन अमेरिकाका बोर्ड मेम्बर छत्रा गुरुङ, एनआरएन अमेरिकाका पुर्व सभापति शिब राई, नेपाली कम्युनिटी रोड आइसल्याण्डका सभापती उत्सब श्रेष्ठ,लगाएत हुनुहुन्थ्यो ।
वृद्दबृद्दा द्वारा सामुहिक रुपमा दिप प्रज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा नेपाल र अमेरिकाको रास्ट्रिय गान बजाइएको थियो । नेपालका आदिवाशीहरुको बिभिन्न झाँकी र नेपाली नाचगानले कार्यक्रम उल्लासमय भएको थियो । सभाको विसर्जन गर्नुहुदै सभापती सुन्दरी गुरुङले सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
प्रकाशित मिति :भाद्र ७, २०७६ शनिवार -
२३:०६:४९ बजे